बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

जापानी विदेशमन्त्री खामिखावाले घुमिन् वसन्तपुर क्षेत्र

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २३ २०८१
जापानी विदेशमन्त्री खामिखावाले घुमिन् वसन्तपुर क्षेत्र

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौं- नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्री खामिखावा योकोले काठमाडौंको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छिन्। 

कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा उनले वसन्तपुरमा बिताइन्। अवलोकनपछि उनले बुद्धको एउटा मूर्ति खरिद पनि गरिन्।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

japani mantri (2).jpg

विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन्। 

भ्रमणका क्रममा उनले काठमाडौं दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्नेछिन्। उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्।

खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायुसेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ। 

japani mantri (3).jpg
japani mantri (4).jpg
japani mantri (5).jpg
japani mantri (6).jpg

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


प्रकाशित : आइतबार, वैशाख २३ २०८११५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend