शनिबार, जेठ ५ गते २०८१    
images
images

बाक्लो तुवाँलोका कारण तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

images
शनिबार, वैशाख २२ २०८१
images
images
बाक्लो तुवाँलोका कारण तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

बैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो। विमानस्थलमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र पर्ने गरेका छन्।

images
images

किमाथांका- सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ।

images
images
images

विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। बैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो। मौसम प्रतिकूल भएपछि निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न नसकेको बुद्ध एयरका राजीव पोखरेलले जानकारी दिए।

images

उनका अनुसार जनवरीयता ४४ पटक उडान रद्द भएको छ। तुम्लिङटार विमानस्थलमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र पर्ने गरेका छन्। उडान अवरुद्ध भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका यात्रु प्रभावित भएका छन्।

images
images

तुम्लिङटार विमानस्थल पहाडी तथा हिमाली जिल्लाको बढी यात्रु हुने विमानस्थलमध्ये एक हो।

images
images

उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा अहिले एक किलोमिटर मात्र भिजिबिलिटी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। तुम्लिङटार विमानस्थलमा बुद्धको एटीआर-७२ ले दैनिक उडान भर्दै आएको थियो।

धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटीआर ७२ सिटको जहाजले दैनिक उडान गर्न थालेको थियो। विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दुरीको उडानका कारण यहाँ यात्रुको भीडभाड हुने गर्छ। रासस


प्रकाशित : शनिबार, वैशाख २२ २०८१०४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend