आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कोरोला-त्रिवेणी सडक : मानपुरदेखि डेढगाउँसम्मको खण्डमा कालोपत्र अन्तिम चरणमा

शनिबार, वैशाख २२ २०८१
कोरोला-त्रिवेणी सडक : मानपुरदेखि डेढगाउँसम्मको खण्डमा कालोपत्र अन्तिम चरणमा

भौतिक पूर्वाधार विकास मन्त्रालयको २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ रूपैयाँको लागतमा उक्त मार्गको स्तरोन्नति थालिएको हो।

तनहुँ- गण्डकी प्रदेशको गौरव मानिएको कोरोला-त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका-४ मानपुरदेखि बौदीकाली गाउँपालिका डेढगाउँसम्मको खण्डमा कालोपत्र प्रायः पूरा भएको छ।

सडक कालोपत्रको ठेक्का पाएको सपना निर्माण सेवाले घिरिङको मानपुरदेखि फुलासम्मको सात किलोमिटरमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ भने फूलादेखि डेढगाउँसम्मको चार किलोमिटरमा पनि कालोपत्र गर्न धमाधम ‘बेस’ तयार भइरहेको पूर्वाधार विकास कार्यालय जनाएको छ।

उक्त खण्डमा पानीको निकासका निम्ति नालासँगै पर्खाल निर्माण पनि पूरा भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ रूपैयाँको लागतमा उक्त मार्गको स्तरोन्नति थालिएको हो।

नवलपुरतर्फ बौदीकाली झ्यालबास १४ दशमलव १ किलोमिटर कालोपत्र गर्न सडक स्तरोन्नति भइरहेको छ। दोस्रो चरणमा थप सात किलोमिटर कालोपत्र गर्न बहुवर्षीय ठेक्का प्रक्रिया पनि प्रारम्भ भएको उक्त कार्यालयले जनाएको छ। झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर खण्ड निर्माण भइसकेको छ। रासस


प्रकाशित : शनिबार, वैशाख २२ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend