शनिबार, जेठ ५ गते २०८१    
images
images

'गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फुलफेजमा सञ्चालनका लागि यी १० काम अपरिहार्य'

images
शनिबार, वैशाख २२ २०८१
images
images
'गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फुलफेजमा सञ्चालनका लागि यी १० काम अपरिहार्य'
images
images

काठमाडौं- २०७९ जेठ २ गते कुबेतको जजिरा एयरको उडानसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भयो। कुवेतसँगै हिमालय एयर र नेपाल एयरलाइन्सले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही सयमा उडान गरे।

images
images
images

विमानस्थल सञ्चालनका कुनै पनि पूर्वाधारको कमी छैन तर विदेशी तथा स्वदेशी एयरलाइन्स कम्पनीले उति चासो देखाएका छैनन्। 

images

नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सरकारले विमानस्थल सञ्चालनका लागि विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा लाग्ने दस्तुरमा छुट दिएको छ तर विमानस्थल सञ्चालनमा हुनुपर्ने अन्य क्षेत्रको अग्रसरतामा कमी देखिइरहेको छ।

images
images

cg foods park lalitpur.jpg

images
images

विमानस्थल निर्माणदेखि सञ्चालनको चरणमाआइपुग्दा के कति कमजोरी भए भन्ने विषयहरूलाई बिर्सिएर अब विमानस्थल सञ्चालनका लागि काम गर्नु पर्नेमा सबैको जोड छ।

विमास्थल पूर्णरुपमा सञचालनका लागि विमानस्थलका प्रमखु प्रतापबाबु तिवारीले १० विषय अगाडि सारेका छन्। तिवारीले राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्याजोतित विधायन समितिमा १० वटा विषयमा काम गरेको अवस्थामा विमानस्थल सञ्चालनमा उडान बढने बताएका छन्।

उनले कार्यालयबाट गरिएका पहल तथा सञ्चालनको लागि विभिन्न मन्त्रालय (पर्यटन, अर्थ, स्वास्थ्य, श्रम, उद्योग, परराष्ट्र) र अन्तर्गत निकायबाट विषय सम्बोधन हुने पर्ने बताएका छन्।

तिवारीले विमानस्थल फूलफेजमा सञ्चालनका लागि भन्दै अगाडि सारेका १० काम

१. हाल आईएलएस (उपकरणको माध्यमबाट हुने उडान तथा अवतरण)कम भिजिबिलिटी मा अवतरण गर्ने विधि सिमित  एयर स्पेसका कारण  सञ्चालनमा आउन नसकेको अवस्थामा अहिले पनि आईएफआर प्रविधिमा मात्रै उडान अवतरण भएको छ। यो विधबाट उडान अतवरण न्यूनतम १८ सय मिटर भिजिबिलिटी चाहिन्छ।

विशेष गरी जाडो मौसममा  अन्तर्राष्ट्रिय उडान होल्ड, डाइभर्ट हुनु परेको कारण उडान नियमित हुन नसकेको अवस्थामा यसको विकल्पको रूपमा प्राधिकरणले भू उपग्रह मा आधारित  आरएनपी एप्रोच विधि स्चचालनमा ल्याउनु पर्न छ। यो बनाउँदा थप पनि नलाग्ने र  हजार मिटर भिजिबिलिटी भन्दा कम आइएलएसको सरहमा अवतरण गर्न सक्ने सम्भावना  हुन्छ। यसको कारबाहीको लागि विमास्थल कार्यालयबाट प्राधिकरण प्रधान कार्यालयमा अनुरोध भइसकेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : वर्ष बित्यो, उडेनन् जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : वर्ष बित्यो, उडेनन् जहाज

२.  गत वर्षको बजेट नीति तथा कार्यक्रममा हवाई टिकटमा मूल्य अभिवृद्धिकर लगाउने निर्णयले  हवाई भाडा बढेको गुनासो सहित विभिन्न वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाउन माग गरी आएका छन्। साथै यस विमानस्थल बाट उडानका लागि यात्रु आकर्षित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा हवाई भाडा सस्तो हुनु पर्ने। त्यसको लागि प्राधिकरणले ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा चार्ज  छुट दिई सकेको मा थप  यात्रु सेवा दस्तुर  घटाउने, ग्राउण्ड हन्डलिङ दस्तुर घटाउने, इन्धन ढुवानी शुल्क नजोडी मूल्य कायम गर्ने।

यहाँ बाट उडान भर्ने  अन्तर्राष्ट्रिय उडानका लागि मात्र इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा महँगो नपर्ने गरी इन्धन ढुवानी शुल्क निश्चित अवधिको लागि छुट दिएको खण्डमा अन्तर्राष्ट्रिय उडान को हवाई भाडा कम हुन गई यात्रुहरु यस विमानस्थल प्रयोग मा आकर्षित हुने माग भै आएकोले यस सम्बन्धमा आगामी आर्थिक वर्षको बजेट नीति कार्यक्रममा यसलाई सम्बोधन हुन पर्छ।

cg foods park lalitpur.jpg

३. हाल  नेपाल वायुसेवा निगम ले मात्र हप्तामा एक उडान क्वालालम्पुर बाट गौतमबुद्ध विमानस्थल  उडान गरिरहेको भएता पनि सोचे अनुरूप यात्रु आएका छैनन्। विगतमा  जजिराएयरलाइन्सले खाडी मुलुकबाट सीधा उडान गरेको भएता पनि यीनै विविध कारण देखाई उडान बन्द गरेकोले, नेपाल का अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्स बाट खाडी मुलुक का विमानस्थल, चीन, भारत र बुद्धिस्ट मुलुकका विमानस्थलमा समेत क्रमश नेटवर्क विस्तार गराउँदा विमानस्थल र उडानका प्रचार प्रसार हुने र  अन्य वायु सेवा लाई पनि उडान सुचारु गर्न आधार तय हुने देखिन्छ।

४. यस विमानस्थललाई ट्रान्जिट काग्रोको रूपमा विकास गर्न तथा  ट्राफिक लोडका लागि नेपाली वायुसेवाले सेवा दिन नसक्ने अवस्थामा  अन्य मुलुकका  वायु सेवा का लागि फिप्थ फ्रिडम राइट प्रदान गरी विमानस्थलको उपयोग बढाउने नीति पर्यटन मन्त्रालयलले लिनु पर्छ।
 
५. यस विमानस्थल लाई सबै वाइडबडी वर्गको को जहाजको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रुपमा रूपमा तयार गर्न नेपाल वायु सेवा निगम ले वाइडबडी लाई समेत हुने गरी  ग्राउन्डह्यान्डलिङ उपकरण र जनशक्तिको  व्यवस्था गर्नु पर्छ।

cg foods park lalitpur.jpg

६. अहिले खाडी मुलुकमा रोजगारको लागि जाने यात्रुले मेडिकल परीक्षण काठमाडौंको तोकिएको सेन्टर बाट मात्र गरी आएकोमा यात्रुको लागि काठमाडौं जानु पार्ने झन्झट का कारण विगतमा हिमालयन एयरलाइन्सको उडान समेत प्रभावित हुन पुगेकोले भैरहवाको सरकारी अस्पताल बाट टेस्ट गर्न सक्ने व्यवस्थाका लागि स्वास्थ्य तथा परराष्ट्र मन्त्रालय बाट सम्बन्धित मुलुकमा पहल हुन पर्ने हुन्छ।

७. भैरहवामा नै मेनपावर कम्पनी अफिस खोल्ने ब्यवस्था श्रम मन्त्रालयले मिलाइदिन पर्नेछ।

८. धनगढी/नेपालगञ्ज-भैरहवा, चन्द्रगढी/विराटनगर/जनकपुर-भैरहवा अन्तरप्रदेश उडान सञ्चालन गरी यात्रुका लागि सहज आवागमन गराउन  आन्तरिक वायुसेवा कम्पनी लाई पर्यटन मन्त्रालय र प्राधिकरणले छलफल गरेर समस्या समाधान हुन पर्छ।

cg foods park lalitpur.jpg

९. आवश्कय व्यवस्था मिलाई  खाडी मुलुकका वायु सेवाले त्रिभुवन विमानस्थलबबाट गर्ने कुल उडान को २० प्रतिशत उडान गौतम बुद्धबाट गर्न पर्ने र थप उडान माग गर्ने वायुसेवालाई त्रिभवन विमानस्थलमा सलट नदिने व्यवस्था मिलाउनु पर्छ।

१०. यात्रुहरुका लागि विमानस्थल आवागमन गर्न सहज यातायात व्यवस्था र यात्रुको चाहना अनुकुलको थप सुविधा स्थानीय निकाय ले व्यवस्था गर्नु पर्नेछ।


प्रकाशित : शनिबार, वैशाख २२ २०८१०६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend