शनिबार, जेठ ५ गते २०८१    
images
images

२ खर्ब ८६ अर्ब खर्चेर उपत्यकामा सुविधासम्पन्न नयाँ सहर बनाइँदै

एक लाख राेपनीमा बन्ने सुविधासम्पन्न सहर पीपीपी मोडलमा निर्माण हुने

images
शुक्रबार, वैशाख २१ २०८१
images
images
२ खर्ब ८६ अर्ब खर्चेर उपत्यकामा सुविधासम्पन्न नयाँ सहर बनाइँदै

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्नेगरी अगाडि सारिएको परियोजनामा २ खर्ब ८६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

images
images

काठमाडौं- सरकारले उपत्यकामा नयाँ सहर बनाउने परियोजना अगाडि सारेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले अगाडि सारेको परियोजनाअनुसार उपत्यकाभित्र आधुनिक सहर निर्माण हुने छ। जहाँ सबै सेवा सुविधा रहने छ।

images
images
images

प्राधिकरणले तेस्रो लगानी सम्मेलनमा समेत आयोजना सोकेस गरेको थियो। सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्नेगरी अगाडि सारिएको परियोजनामा २ खर्ब ८६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

images

यो परियोजना सन् २०१७ मै अगाडि सारिएको थियो। विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०१९ मै तयार पारिएको परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) निर्माणकै चरणमा रहेको छ।

images
images

परियोजनाका लागि २०१९ मा तयार पारियो डीपीआरअनुसार प्रतिआना ११ लाखदेखि ३१ लाख रुपैयाँसम्ममा खरिद गर्नुपर्ने देखिएको थियो। परियोजना सम्पन्न भएपछि पे ब्याक पिरियड ३० देखि ४० वर्ष लाग्ने अनुमान गरिएको छ। प्राधिकरणले उपत्यकामा बढ्दो जनसंख्या वृद्धि र सहरीकरणमा बढ्दो चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यसहित परियोजना अगाडि सारेको हो।

images
images

विगतमा पनि स्मार्ट सिटी बनाउने भनेता पनि ठूलो लगानीका कारण पछि हटेको थियो। अहिले पुनः प्राधिकरणले अग्रसरता देखाएको छ। नयाँ सहर पुनर्निर्माण, विस्तार र नयाँ सहरी ठाउँहरूको सृजनाले दिगो र योजनाबद्ध भौतिक विकास गर्ने लक्ष्य प्राधिकरणको छ। 

उपत्यकामा अगाडि सारेको परियोजनाका लागि लगभग एक लाख रोपनी जग्गा आवश्यकता पर्नेसमेत विस्तृत अध्ययनमा उल्लेख गरिएको छ। 

परियोजना काठमाडौं उपत्यकाका पाँच नगरपालिका कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४, ५, ६, ७, ८ र ९ त्यस्तै शङ्खरापुर नगरपालिका वडा नं. ५, ६, ७ र ९ रहेको छ।

त्यस्तैगरी भक्तपुर नगरपालिका वडा नं. २, ६, र १० रहेको छ। मध्यपुर थिमि नगरपालिका- वडा नं. २, ६, ७, ८ र ९ त्यस्तैगरी  चाँगुनारायण नगरपालिका वडा नं. १, २, ३, ४ र ५, वडा नं. ६, ७ र ८ मा उक्त नयाँ सहर परियोजना बन्नेछ। 

नयाँ हुने सहरमा २० हजार ४ सय ४२ रोपनी सडक निर्माणका लागि आवश्यक पर्ने छ। रिभरबेड्सका लागि ९ हजार ६ सय ९ रोपनी, खुल स्थानका लागि ५ हजार २ सय २० रोपनी साथै जंगल क्षेत्रका लागि ६ हजार ४ सय ८३ रोपनी, फिर्ता गर्नुवपर्ने जग्गा ५२ हजार २ सय २० रोपनी र सर्भिसका लागि ४ हजार १ सय रोपनी जग्गा आवस्यक पर्ने छ। नयाँ सहरमा सडक र खुला ठाउँका लागि ५ प्रतिशत जग्गा छुट्याइनेछ। 

खुला हरियो ठाउँ, पार्क, पोखरी पनि नयाँ सहरमा खडा हुनेछ। धार्मिक र अन्य सामुदायिक स्थानहरू सेनेटोरियम, अनाथालय, वृद्धाश्रम समेत निर्माण हुनेछ।

प्रहरी चौकी, सम्मेलन हल, खेलकुद परिसर, तरकारी बजार ठाडो पार्किङ सहित सार्वजनिक पार्किङ, हेलिप्याड, केबल कार, पदयात्रा मार्गहरु, आईटी पार्क, पिकनिक स्थल, मनोरञ्जन केन्द्रहरू, जल निकाय र नदी कोरिडोर, सांस्कृतिक गाउँ र पदयात्रा मार्गहरू पनि निर्माण हुनेछ।


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८१०८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend