बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अप्रिलमा नेपाल भित्रिए १ लाख ११ हजार ३ सय ७६ पर्यटक

बिहीबार , वैशाख २० २०८१
अप्रिलमा नेपाल भित्रिए १ लाख ११ हजार ३ सय ७६ पर्यटक

काठमाडौं- पर्यटक आगमन बढ्दो छ। सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

अध्यागन विभागले पर्यटन बोर्डलाई दिएको तथ्यांकअनुसार सन् २०२३ को अप्रिलको तुलनामा २०२४ को अप्रिलमा १२.७६ प्रतिशतले पर्यटक आगमन बढेको हो। 

सन् २०२३ को अप्रिलमा ९८ हजार ७ सय ७३ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। बोर्डका अनुसार सन् २०१९ को अप्रिलको तुलनामा भने पर्यटक आगमन १.८१ प्रतिशतले बढेको हो।

सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए। 

बोर्डका अनुसार अप्रिलमा सबैभन्दा बढी भारतबाट ३० हजार १ सय ५८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

यसैगरी अमेरिकाबाट ९ हजार ९ सय ४७, चीनबाट ९ हजार ७ सय ५० र बेलायतबाट ५ हजार ३ सय ९१ जना नेपाल भ्रमणमा आएका छन्। यसअघि मार्चमा १ लाख २८ हजार १ सय ७६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए।


प्रकाशित : बिहीबार , वैशाख २० २०८११२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend