शुक्रबार, जेठ ४ गते २०८१    
images
images

दमौली बजार क्षेत्रका घरटहरा हटाउन घरधनीको आनाकानी, मुग्लिन-पोखरा सडक विस्तारमा समस्या

images
मंगलबार, वैशाख १८ २०८१
images
images
दमौली बजार क्षेत्रका घरटहरा हटाउन घरधनीको आनाकानी, मुग्लिन-पोखरा सडक विस्तारमा समस्या

वडा नं ४ का २१ र वडा नं २ का १९ घरधनीले मुआब्जा लिएर संरचना नहटाएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए।

images
images

तनहुँ- दमौली बजार क्षेत्रका घरटहरा हटाउन सम्बन्धित पक्षले आनाकानी गर्दा मुग्लिन-पोखरा सडक विस्तारमा समस्या भएको छ। धुलोले बजार क्षेत्रमा हिँडडुल गर्न समस्या भएको छ।  

images
images
images

आँबुखैरेनीदेखि जामुने (पूर्वी खण्ड)सम्मको विस्तारमा व्यास नगरपालिकाअन्तर्गत वडा नं २, ३ र ४ को पूर्वमा बुल्दीखोला र पश्चिममा मादी पुलसम्मको खण्डमा निर्माणले गति लिनसकेको छैन।

images

वडा नं ४ का २१ र वडा नं २ का १९ घरधनीले मुआब्जा लिएर संरचना नहटाएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। उनले भने, 'कतिपय मुआब्जाका लागि आवेदन गर्न आएका छैनन्।' रासस

images
images


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend