आइतबार, वैशाख २३ गते २०८१    
images
images

८१ अर्ब लगानी गरेर मकवानपुरको सिस्नेरी खोलाको पानी काठमाडौं ल्याइने

images
images
images
८१ अर्ब लगानी गरेर मकवानपुरको सिस्नेरी खोलाको पानी काठमाडौं ल्याइने

तीन वर्षअगाडि आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको भविष्य नै संकटमा आउन सक्ने देखिएपछि सरकार विकल्पमा जान लागेको हो।

images
images

काठमाडौं-  मेलम्ची खानेपानी आयोजनाबाट मात्रै काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान नहुने भएपछि सरकारले विकल्पका रुपमा सिस्नेरी खानेपानी परियोजना अगाडि सार्ने भएको छ।

images
images
images

आगामी बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा अगाडि सारिएको परियोजनाले काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधान हुने लक्ष्यका साथ लगानीकर्ता खोजिने भएको छ। 

images

जसका लागि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न लागिएको परियोजनामा पहिलो र दोस्रो चरणमा गरी ८१ अर्ब २० करोड लागत अनुमान गरिएको छ। जसका लागि पहिलो चरणमा ४४ अर्ब २० करोड र दोस्रो चरणमा ३७ अर्ब रुपैयाँ लागतको अनुमान गरिएको छ।

images

आयोजनामा ६० मिटरको ड्याम निर्माण गरी करिब ७.८ अर्ब लिटर बराबरको पानी अट्ने क्षमतासहितको ड्याम बन्ने समेत प्रारम्भिक अध्ययनमा देखिएको छ।

images
images

तीन वर्षअगाडि आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको भविष्य नै संकटमा आउन सक्ने देखिएपछि सरकार विकल्पमा जान लागेको हो। अबौं खर्च भएपनि मेलम्चीको पानी हिँउदमा मात्रै पानी आइरहेको छ। बर्षादमा अझै पानी ल्याउन पुनः ठूलो लगानी मेलम्चीमा गर्नुपर्ने भएको छ। 

खासगरी भविष्यमा काठमाडौं उपत्यकामा ल्याउने भनिएको लार्के र यांग्रीको पानी ल्याएर मेलम्चीमा मिसाउन सक्ने कि नसक्ने भन्ने विषयमा अध्ययन भइरहेका बेला सरकारले विकल्पमा मकवानपुरको सिस्नेरी खोलाको अध्ययन गरेको थियो। अध्ययनसँगै तेस्रो लगानी सम्मेलनमा सोकेसमा राख्न खोजिएको हो।  

लार्के र याँग्री नभए माग धान्न मुस्किल

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको आयोजनाको रुपमा सरकारले लार्के र याँग्रीलाई राखेको छ। मेलच्चीको काम सम्पन्न भएपछि उक्त परियोजनामा काम गर्ने तयारी सरकारले गरेको थियो। बाढी आएसँगै अहिले अब शंका उत्पन्न भएकोले नयाँ विकल्पका रुपमा सिस्नेरी परियोजना अगाडि सारिएको हो। 

मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर मात्रै पानी काठमाडौं आउने छ।  तर काठमाडौंका एक तिहाइ जनसंख्यालाई पनि यति पानीले नपुग्ने अवस्था रहेको छ। केही समयअघि काठमाडौंमा ४३ करोड लिटर पानीको माग रहेको अध्ययनले देखाएको छ। अहिले माग बढेर ४५ करोड लिटर भइसकेको छ। 

दुई खोला मिसाएर भविष्यमा ५१ करोड लिटर ल्याउने योजना सरकारको थियो। काठमाडौं, भक्तपुर र ललितपुरका मेयरहरुले सिस्नेरी खोलाको पानी ल्याउन पटक पटक सुझाव दिएका थिए। 

images

प्रकाशित : बिहीबार , वैशाख १३ २०८१०५:२२

प्रतिक्रिया दिनुहोस