बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न माग

सोमबार, वैशाख १० २०८१
टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न माग

यो विमानस्थलको धावनमार्ग सात सय ५० मिटर लामो रहेकाले १९ सिटे ट्वीनअटरभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन। यसकारण पनि यहाँ उडान नियमित हुने गरेको छैन भने १० हजारसम्म एकतर्फी भाडा रहेकाले यात्रुलाई असुविधा भएको छ।

दाङ- दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरवृद्धिको माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर मास्कीले संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनलाई मागपत्र पेस गरेका छन्।

सांसद मास्कीले मन्त्री पुनलाई आइतबार सो मागपत्र पेस गर्दै संघीय सरकारले ल्याउन लागेको आगामी वर्षको बजेटमा सो विमानस्थल स्तरवृद्धिको आयोजनालाई बहुवर्षीय योजनाअन्तर्गत समावेश गर्न माग गरेका हुन्।

टरिगाउँ विमानस्थल लुम्बिनी प्रदेश राजधानीको एउटा महत्त्वपूर्ण संरचना रहेकाले यसको विस्तार आवश्यक रहेको भन्दै अर्थमत्री पुनलाई ध्यानाकर्षण गराएको सांसद मास्कीले जानकारी दिए। त्यस अवसरमा अर्थमन्त्री पुनले टरिगाउँ विमानस्थलका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको पनि सदस्य मास्कीले बताए।

यो विमानस्थलको धावनमार्ग सात सय ५० मिटर लामो रहेकाले १९ सिटे ट्वीनअटरभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन। यसकारण पनि यहाँ उडान नियमित हुने गरेको छैन भने १० हजारसम्म एकतर्फी भाडा रहेकाले यात्रुलाई असुविधा भएको छ।

धावनमार्गलाई ७२ सिटे जहाज बस्न सक्नेगरी स्तरोन्नति गर्नुपर्ने र नियमित उडान गरी भाडादर कम हुनुपर्ने माग स्थानीयको रहेको छ। यो विमानस्थल दाङको समृद्धिसँग जोडिएको प्रदेशसभा सदस्य मास्कीको भनाइ छ। विसं २०११ देखि सुरु भएको नेपालकै पुरानोमध्येको टरिगाउँ विमानस्थलमा नियमित उडान नहुँदा स्थानीयलाई असुविधा भएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख १० २०८११२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend