बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

हेलिकोप्टर उडाइरहँदा टिकटक बनाएका पाइलटलाई उडानमा प्रतिबन्ध

लाइसेन्स खारेजीको प्रक्रिया अगाडि बढाउँदै प्राधिकरण

आइतबार, वैशाख ९ २०८१
हेलिकोप्टर उडाइरहँदा टिकटक बनाएका पाइलटलाई उडानमा प्रतिबन्ध

हेलिकप्टर उडानकै समयमा ककपिटमा टिकटक भिडियो बनाउने प्रभु हेलिकोप्टरका पाइलटलाई उडानमा प्रतिबन्ध

काठमाडौं- हेलिकोप्टर उडाइरहँदा ककपिटमा बसेर टिकटक भिडियो बनाउने प्रभु हेलिकोप्टर पाइलट पासाङ शेर्पालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बित गरेको छ।

प्राधिकरणले तत्कालका लागि उडानमा प्रतिबन्ध लगाउँदै पाइलटको लाइसेन्स नै खारेज गर्ने प्रक्रिया अगाडि बढाएको स्रोतको दाबी छ।

पाइलट शेर्पाले हेलिकोप्टर उडानकै क्रममा ककपिटमा टिकटक भिडियो बनाएको भन्दै प्राधिकरणले उनलाई कारबाही गरेको हो।

उडानकै क्रममा भिडियो बनाउँदै हवाई सुरक्षामा गम्भीर असर पुर्‍याउने काम गरेको प्राधिकरणको ठहर छ। पाइलट शेर्पाले ककपिटमा बसेर एकजना महिलासँग बनाएको भिडियो टिकटकमा समेत अपलोड भएको देखिन्छ।

उडानका क्रममा पाइलटले फोटो तथा भिडियो खिच्च नपाउने नियम रहेको छ। 


प्रकाशित : आइतबार, वैशाख ९ २०८११८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend