मंगलबार, वैशाख २५ गते २०८१    
images
images

हेलिकोप्टर उडाइरहँदा टिकटक बनाएका पाइलटलाई उडानमा प्रतिबन्ध

लाइसेन्स खारेजीको प्रक्रिया अगाडि बढाउँदै प्राधिकरण

images
images
images
हेलिकोप्टर उडाइरहँदा टिकटक बनाएका पाइलटलाई उडानमा प्रतिबन्ध

हेलिकप्टर उडानकै समयमा ककपिटमा टिकटक भिडियो बनाउने प्रभु हेलिकोप्टरका पाइलटलाई उडानमा प्रतिबन्ध

images
images

काठमाडौं- हेलिकोप्टर उडाइरहँदा ककपिटमा बसेर टिकटक भिडियो बनाउने प्रभु हेलिकोप्टर पाइलट पासाङ शेर्पालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बित गरेको छ।

images
images
images

प्राधिकरणले तत्कालका लागि उडानमा प्रतिबन्ध लगाउँदै पाइलटको लाइसेन्स नै खारेज गर्ने प्रक्रिया अगाडि बढाएको स्रोतको दाबी छ।

images

पाइलट शेर्पाले हेलिकोप्टर उडानकै क्रममा ककपिटमा टिकटक भिडियो बनाएको भन्दै प्राधिकरणले उनलाई कारबाही गरेको हो।

images

उडानकै क्रममा भिडियो बनाउँदै हवाई सुरक्षामा गम्भीर असर पुर्‍याउने काम गरेको प्राधिकरणको ठहर छ। पाइलट शेर्पाले ककपिटमा बसेर एकजना महिलासँग बनाएको भिडियो टिकटकमा समेत अपलोड भएको देखिन्छ।

images
images

उडानका क्रममा पाइलटले फोटो तथा भिडियो खिच्च नपाउने नियम रहेको छ। 

images

प्रकाशित : आइतबार, वैशाख ९ २०८१०६:०३

प्रतिक्रिया दिनुहोस