बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

६ करोड खर्चिएर जुफाल विमानस्थलको धावनमार्ग मर्मत, ५३ दिनपछि पुन: सञ्चालनमा

आइतबार, वैशाख ९ २०८१
६ करोड खर्चिएर जुफाल विमानस्थलको धावनमार्ग मर्मत, ५३ दिनपछि पुन: सञ्चालनमा

आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको हो।

डोल्पा- धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ।

आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो।

मूल्य अभिवृद्धि करसहित ६ करोड रूपैयाँमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए। धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो। 

धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए।

यो डोल्पाको एकमात्र विमानस्थल हो। रासस


प्रकाशित : आइतबार, वैशाख ९ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend