शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

डोल्पामा ३३७.१ मेगावाट क्षमताको भारभुङ जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने

७१ अर्ब ८५ करोड लागत अनुमानसहित लगानी सम्मेलनको सोकेसमा

सोमबार, वैशाख १० २०८१
डोल्पामा ३३७.१ मेगावाट क्षमताको भारभुङ जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने

३७.१ मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्न ७१ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

काठमाडौं- सरकारले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा डोल्पा जिल्लामा भारभुङ जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। सरकारले अगामी बैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनमा उक्त आयोजना पनि सोकेसमा राख्ने भएको छ। 

३३७.१ मेगावाट क्षमताको आयोजना निर्माण गर्न ७१ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। कार्णाली प्रदेशमा रहेको डोल्पा जिल्लामा निर्माण गरिने उक्त आयोजनाका लागि विदेशी लगानी आवश्यक रहेको भन्दै विद्युत विकास विभागले लगानी सम्मेलनमा राख्न सिफारिस गरेको हो। 

भारभुङ जलाशययुक्त आयोजना ठूली भेरी नदीमा निर्माण हुनेछ। डोल्पाको दुनै बाट २६ किलोमिटर पर आयोजनाको बाँध स्थल निर्माण हुनेछ। दुनैबाट ३ घण्टा पैदल यात्रा तथा विमानस्थलबाट १२ किलोमिटर टाढा आयोजनास्थल रहेको छ। 

bharbung 2.JPG

आयोजनास्थलसम्म पुग्न सडक निर्माण समेत भइसकेको छ। बाँधबाट साढे १ किलोमिटरको ठूलो ताल निर्माण हुनेछ भने सुरुङ ७६६ मिटर लामो हुनेछ। १६८ मिटर उचाइको बाँध निर्माण हुने छ। 

लगानी सम्मेलनमा खासगरी जलविद्युतका परियोजना प्राथमिकताका साथ राखिएको छ। जसमा साना र ठूलागरी दर्जनौँ परियोजना जलविद्युतकै छन्।

१४८ परियोजना सोकेसमा राख्ने तयारी भएको तेस्रो लगानी सम्मेलनमा अहिलेसम्म ४ सय ६२ लगानीकर्ताले सहभागिता पक्का गरेका छन्। 


प्रकाशित : सोमबार, वैशाख १० २०८११६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend