आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

images
बिहीबार , वैशाख ६ २०८१
images
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

निर्माणाधीन ती आयोजनाबाट एक हजार  छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ।

images
images

फुङ्लिङ- ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ।

images
images
images

यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन्। विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन्।

images
images

ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ।

images
images

मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन्। मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुने छ। काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन्। ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट  बिजुली उत्पादन हुनेछ।

यसैगरी,पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ। सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ। सिदिङवा गाउँपालिका-१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend