सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सेरेस थ्री ईभीका यी विशेषता जसले आकर्षित गरिरहेछ नेपाली बजारमा उपभोक्ता

बिहीबार , चैत २९ २०८०
सेरेस थ्री ईभीका यी विशेषता जसले आकर्षित गरिरहेछ नेपाली बजारमा उपभोक्ता

नेपाली बजारमा भित्रिएसँगै धेरै उपभोक्तालाई आकर्षित गरेको सेरेस थ्रीको बिक्री संख्या पनि राम्रो रहेको छ। पावरफुल एसयूभी भएकाले नेपालको सबै खाले बाटोमा गुडेर सेरेसले आफूलाई प्रमाणित पनि गरिसकेको छ।

काठमाडौं- विद्युतीय कारको स्वीकार्यतामा नेपाल अग्रणी स्थानमै छ। आफ्नो उत्पादन नभएपनि प्रदूषण नगर्ने सवारीप्रति सरकार र उपभोक्ता विद्युतीय सवारीतर्फ आकर्षित हुँदै गएका छन्।

सोहीकारण नेपाली बजारमा नयाँ नयाँ ब्रान्ड आउने क्रम जारी छ भने एक दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय कार बिक्री हुँदै आएका छन्। आधुनिक प्रविधि र ब्याट्रीको मूल्यका कारण विद्युतीय सवारी विगतको तुलनामा सस्तो पनि बन्दै गइरहेको छ।

नेपाल भित्रिएका विभिन्न ब्रान्डहरुमध्ये २०२३ को अटो शोमा आएको सेरेस अब्बल दह्रिँदै गएको छ। एमएडब्लू वृद्धि अटोकर्पले भित्र्याएको सेरेस ब्रान्डका दुई कार सेरेस थ्री र मिनि कार हाल नेपाली बजारमा उपलब्ध छन्। 

सेरेस थ्रीमा भएका विभिन्न विशेषताका कारण एसयूभी चाहनेहरुका लागि उपयुक्त विकल्पका रुपमा अगाडि आएको छ। चीनमात्र नभइ विश्वका विभिन्न देशमा आफ्नो उपस्थितिलाई सेरेसले बलियो बनाउँदै लगेको छ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ। सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा गइसकेको छ। जसमा नेपाल ७१औँ देश बनेको हो।

seres 3.jpeg

सेरेसले आधुनिक प्रविधिका लागि हुवावेसँग निर्माण साझेदारी गरेको र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ। संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धतालाई जनाएको छ।

नेपाली बजारमा भित्रिएसँगै धेरै उपभोक्तालाई आकर्षित गरेको सेरेस थ्रीको बिक्री संख्या पनि राम्रो रहेको छ। पावरफुल एसयूभी भएकाले नेपालको सबै खाले बाटोमा गुडेर सेरेसले आफूलाई प्रमाणित पनि गरिसकेको छ।

गएकोे फागुनमा मानवीय संवेग र अटोमोबाइल प्रविधिको सीमालाई थप विस्तार गर्दै ‘साहसिक’ र ‘अन्वेषक’ युवाहरुको समूह ‘नेपाल एट्थ वन्डर’ले हालै सेरेस थ्री ईभी लिएर कोरोला नाका पुगेको हो। समुद्री सतहबाट ४६ सय ६० मिटर उचाइ रहेको हिमाली गाउँ लोमान्थाङभन्दा माथिको गन्तव्य कोरोला पाससम्म यात्रा सम्पन्न गरेको थियो। यसले हरेक भुगोलका लागि सेरेस थ्री ईभी उपयुक्त रहेको देखाएको छ।

यी सबै कुरा सम्भव हुन सेरेस थ्रीमा उत्कृष्टि विशेषताहरु छन्। ती विशेषयताहरुमा पहिलो हो ग्राउन्ड क्लियरेन्स। अहिले धेरै ग्राहकले चारपांग्रे सवारी साधन किन्दा ग्राउन्ड क्लियरेन्सको बारेमा बढी चासो राख्ने गरेका छन्। १ सय ९० एमएम ग्राउन्ड क्लियरेन्स हुनु सेरेस थ्रीको राम्रो विशेषता हो। यहीकारण सेरेस थ्री अन-रोड तथा अफ-रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्ने सवारी साधन बनेको छ। नेपालका अधिकांश सडकमा खाल्डाखुल्डी हुने भएकाले पनि बढी ग्राउन्ड क्लियरेन्स आवश्यक छ, जुन सेरेस थ्रीमा उपलब्ध छ।

seres 3.jpeg

सेरेस थ्रीमा ९९ किलोवाटको मोटर र ५२.७ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। सेरेस थ्रीमा सेगमेन्टकै ठूलो अर्थात ५ सय २५ लिटरको बुट स्पेस छ। कहिलेकाहिं सामान बोकेर कतै जानुपर्ने अवस्थामा ठूलो बुट स्पेस निकै नै उपयोगी हुन्छ। त्यसैगरी यसमा स्पेयर टायर समेत उपलब्ध रहेको छ।

सेरेस थ्री निकै स्टाइलिस बडी डिजाइनमा तयार भएको छ। सडकमा देखिने विभिन्न मोडलका गाडीको तुलनामा सेरेस थ्रीले फरक र सुन्दर पहिचान कायम गरिरहेको कम्पनीको दाबी छ। यहीकारण सडकमा गुडिरहेको देखिँदा पनि यसको लुक्सले धेरैको मन लोभ्याउने र यसको ‘रोड प्रेजेन्स’ अलग्गै देखिन्छ।

seres 3.jpeg

स्मार्ट ‘सिटिङ पोजिसन’ले ठूला एसयूभीको अनुभूति प्रदान गर्ने भएको कारण सेरेस थ्रीले चालकलाई छिट्टै आकर्षित गर्छ। आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस थ्रीले आरामदायी डबल कुशन सिटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम छ। यसमा भूगोल र अवस्था हेरेर ह्यान्डलिङको लागि ३ वटा मोड उपलब्ध छ।

अवरणमा साधारण देखिए पनि सेरेस थ्रीमा विभिन्न आकर्षक विशेषताहरु उपलब्ध छन्। चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिट, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त बनाएको छ। हिटेड सिट, पावर विन्डोज, एडास प्रविधिलगायत विशेषता यो कारमा छ।


प्रकाशित : बिहीबार , चैत २९ २०८०१४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend