सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम

बिहीबार , चैत २९ २०८०
सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरु सहभागी भएका थिए।

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भएबमोजिम ट्राफिक प्रहरीहरुलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन तालिम प्रदान गरेको छ।

तालिममा विद्युतीय गाडीसम्बन्धी जानकारी, सुरक्षाका उपायहरु र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीहरुका बारेमा विस्तृत रुपमा जानकारी गराइएको थियो।

यही चैत्र ५ गते, १३ गते, १९ गते र २३ गते आयोजना भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरु सहभागी भएका थिए।

तालिमपश्चात सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक जीवनकुमार श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।

साथै यस कार्यक्रममा सहभागी भइ विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन तालिम प्राप्त गरेका ट्राफिक प्रहरीहरुलाई सिप्रदीकातर्फबाट शुभकामना दिएका थिए। 


प्रकाशित : बिहीबार , चैत २९ २०८०१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend