सोमबार, जेठ ७ गते २०८१    
images
images

आजकल पेट्रोल पम्प त अपर्झट ट्वाइलेट जानुपर्दामात्र पस्छु

images
शनिबार, वैशाख १ २०८१
images
images
आजकल पेट्रोल पम्प त अपर्झट ट्वाइलेट जानुपर्दामात्र पस्छु

हामीले टेलिभिजनमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रममार्फत सन्देश दिनेमात्र पनि होइन घरमा नै आफूले पनि त्यो कुराहरू लागु गरिरहेका हुन्छौँ। सकेसम्म बिजुलीबाट नै खाना पकाउँछौँ। ग्यास हाम्रो घरमा एकदमै कम बल्छ। घरमा विद्युतीय सवारी नै प्रयोग हुन्छ।

images
images

विद्युतीय गाडीप्रति केले तान्यो भन्दा मलाई त पेट्रोल डिजेलले गर्दा नै उतातिर तान्यो भन्नुपर्छ। पेट्रोल डिजेल हाल्दा हाल्दा हैरान भइन्थ्यो। हप्तामा नै १० हजार रुपैयाँजति डिजेल पेट्रोलमा खर्च गर्थेँ। गाडीका लागि महिनामा ५० हजार रुपैयाँभन्दा बढी नै खर्च हुन्थ्यो।

images
images
images

विशेषगरी गाडीको इन्धनलाई कसरी बचाउने होला भन्ने सोच आइरहेको बेलामा विद्युतीय गाडीको लहर नै आयो। मलाई पनि विद्युतीय गाडी चढ्न पाए हुन्थ्यो भन्ने मनमा पलायो। भगवानले 'तँ चिता म पुर्‍याउँछु' भन्नुहुन्छ नि! त्यसरी नै मैले चिताएँ अनि पूरा पनि भयो र बीवाईडी एटो थ्री चढ्न थालेँ।

images

पहिले अरु गाडी चलाउँदा गियर परिवर्तन गर्नुपर्ने, क्लज थिच्नुपर्ने गर्दा नै मेरो खुट्टा खुब दुख्थ्यो। अब अहिले ईभी गाडी चलाउँदा एउटामात्र खुट्टाको काम छ। ब्रेक लगाउँदा नै पनि बेस्कन ब्रेक हान्न पर्दैन, क्लज त चाहिँदै चाहिएन। नचाहिने आवाजहरु आउँदैन। ध्वनी प्रदूषण हुँदै हुँदैन।

images
images

हाम्रो समाज हाम्रो सहर नै अनावश्यक ध्वनीले प्रदूषित भइरहेको समयमा मेरो गाडीको घ्वार्रघुर्र कम हुँदा पनि अलिकति राम्रो नै भएको छ। आजकल पेट्रोल पम्प त म अपर्झट ट्वाइलेट जानुपर्दामात्र पस्छु। पेट्रोल पम्प जाने काम पनि पर्दैन।

images
images

ईभी चलाउन असाध्यै सजिलो पनि छ। आजकल चार्जिङ स्टेसनहरू पनि बनिरहेको भएर त्यसमा पनि समस्या छैन। उपत्यकाभित्र घुम्नलाई त मेरो घरमा नै गरेको चार्जले पुगिहाल्छ। एक चोटी चार्ज गरेपछि तीन/चार दिन चार्जिङबारे सोच्नु पनि पर्दैन। एकदमै सजिलो छ।

हामीले देशको अर्थतन्त्रमा विद्युतीय गाडीको योगदान बढाउँदै लग्नुपर्छजस्तो लाग्छ। हामीले धेरै आयात गर्ने वस्तु नै पेट्रोल, डिजेल हो। त्यो किन्दाकिन्दा देशको धेरै पैसा बाहिर गइरहेको छ। अब बिजुलीलाई प्रयोग गर्न सक्दा त देशभित्रकै उत्पादन त हो। बर्खामा त यहाँ बिजुली खेर जाने स्थिति नै छ। आफ्नै देशको बिजुलीबाट गाडी चलाउन पाउँदा गर्व पनि लाग्छ। कमसेकम मैले आफूले पनि विदेश जाने पैसाको बाढीमा थोरै रोक्न सकिरहेको छु।

अब युग नै ईभीको हो। पेट्रोल डिजेल नभएको हाम्रोजस्तो देशमा त अझ यसको महत्व ठूलो छ। पेट्रोल डिजेल निकाल्न सके नै पनि हाम्रोमा ढुवानीको लागि समस्या निकै छ, ठूलो खर्च लाग्छ। बिजुली त घरघरमा पुगेको हुँदा अहिले त घरघरमा पेट्रोलपम्प भएजस्तो भयो नि त। त्योजस्तो सजिलो अरू केही पनि हुँदैन।

व्यक्तिगत गाडीहरू सँगसँगै अब सार्वजनिक यातायातहरू पनि विद्युतीकरण गर्दै लैजानुपर्छ। डिजेल पेट्रोलको काम विकास निर्माणमा चाहिने ठूला उपकरणहरू चलाउनमात्र प्रयोग गर्दा हुन्छ। सामाजिक जीवनमा दैनिकी चलाउन बिजुलीमय नै हुनुपर्छजस्तो लाग्छ।

बिजुली गाडीमा सरकारले कर पनि चलाइरहेको हुन्छ। सरकार एकदम छुकछुके छ, कहिले के चलाउँछ कहिले के चलाउँछ। स्थिर छैन। सबैभन्दा विडम्बना के भनेदेखि सरकारले गाडीको ट्याक्सबाट, पेट्रोलको ट्याक्सबाट कर्मचारीलाई तलब खुवाउने काम गरिरहेको छ। यसैले अहिले अन्त:शुल्क घटेको भनेर पनि सरकार आत्तिरहेको छ। कर्मचारीलाई तलब के गरी दिने भन्ने नै चिन्तामा सरकार देखिन्छ।

तर यसरी सरकार छटपटिनु हुँदैन, यो क्षणिक कुरा हो। सरकारले धैर्यधारण गर्नुपर्छ। कर अनावश्यक चलाइरहँदा यसमा लगानी गरेका व्यवसायीहरू निराश बन्ने काम हुन्छ। निजी क्षेत्र निराश बनाएर सरकार कहिल्यै पनि सफल हुँदैन।

विद्युतीय गाडीमा खर्बौं लगानी भइसक्दा सरकारले मनोबल गिराउने काम गर्नु हुँदैन। अहिले पनि ट्याक्स त राम्रै लिएको छ सरकारले। फेरि पनि कर बढाउँदा विद्युतीय गाडी निरुत्साहित हुन्छ र हामीले आयातमुखी पेट्रोलियमकै भर पर्नुपर्ने हुन्छ। त्यसको धुँवामार्फत मानवीय स्वास्थ्यमा असर परिरहन्छ। सरकारले मानिसको स्वास्थ्यको पनि विचार गर्नुपर्‍यो।

हामी बिजुलीमय बन्दै गइरहेको समयमा अरु ठूला उद्योगहरू खोलेर विकास गर्न नसके पनि, अरू क्षेत्रमा प्रतिस्पर्धा गर्न नसके पनि बिजुलीमा त हामीले काम गर्न सक्छौँ नि त। हामीले चीन र भारतसँग अरु उत्पादनको प्रतिस्पर्धामा जान नसके पनि बिजुली, पर्यटन र जडीबुटीलगायतमा त काम गर्न सक्छौँ नि। देशलाई बिजुलीमय बनाउन बिजुली गाडी सरकारको प्राथमिकतामा हुनुपर्छ।

हामीले टेलिभिजनमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रममार्फत सन्देश दिनेमात्र पनि होइन घरमा नै आफूले पनि त्यो कुराहरू लागु गरिरहेका हुन्छौँ। सकेसम्म बिजुलीबाट नै खाना पकाउँछौँ। ग्यास हाम्रो घरमा एकदमै कम बल्छ। घरमा विद्युतीय सवारी नै प्रयोग हुन्छ।

अहिले सडकमा मैले यसो विचार गर्दा १० वटा अरू गाडीपछि एउटा ईभी त देखिएकै हुन्छ। पछिल्लो दुई वर्षभित्र नै ईभीले ठूलो ठाउँ लिइसकेको छ। यो राम्रो विषय हो। मानिसहरू ईभीप्रति विश्वास बनाउँदै गइरहेका छन्।


प्रकाशित : शनिबार, वैशाख १ २०८११२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend