शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

विद्युत खपत बढाउन पनि विद्युतीय सवारीले सहयोग गरिरहेको छ

शनिबार, वैशाख १ २०८१
विद्युत खपत बढाउन पनि विद्युतीय सवारीले सहयोग गरिरहेको छ

पेट्रोल राख्ने झन्झटबाट मुक्त भइयो। बिजुली गाडी किनेपछि खर्च बचत भयो, सबैभन्दा राम्रो पक्ष नै यही हो।

पेट्रोलियम गाडीको विकल्पमा मैले विद्युतीय गाडी कुन चढ्ने भनेर हेर्दै जाँदा कियाको ईभी सिक्स मोडल राम्रो लाग्यो। गाडी बुक गरेता पनि लामो समय कुरेपछि गाडी पाइयो। गाडीमा अटो गेयर हुँदा चलाउन सजिलो छ। ईभी सिक्स गाडी लुक्सवाइज पनि राम्रो छ।

पेट्रोल राख्ने झन्झटबाट मुक्त भइयो। बिजुली गाडी किनेपछि खर्च बचत भयो, सबैभन्दा राम्रो पक्ष नै यही हो। मर्मत खर्च आउने समय भएको छैन तर पनि ईभी गाडीमा परिवर्तन गरिरहनु पर्ने पार्टपुर्जा कम हुन्छ भन्ने सुनेको छु। पेट्रोल राख्न नपरेपछि त अरु त खर्च नै कम भयो।

अहिले बिजुलीको खपत पनि बढाउनुपर्ने आवश्यकता देखिएको छ। अब बर्खा पनि लाग्दैछ। बिजुली उत्पादन नेपालमा अब बढ्ने छ। सोही कारण बिजुली खेर जान्छ भन्ने विषयहरु आइरहेका छन्। यसका लागि पनि डिमान्ड बढाउने कुरामा विद्युतीय गाडीको धेरै भूमिका हुने भएकाले सो पक्षबाट पनि हेर्नुपर्दछ।

नेपालमा बिजुली गाडीहरुलाई प्रवर्द्धन गर्नुृपर्दछ। नेपालको समृद्धिको आधार नै ऊर्जा क्षेत्र हो। सरकारले पनि २८ हजार ५ सय मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको छ। यसको सदुपयोग गर्ने भनेको खाली अरुले खरिद गरिदेला भनेर हेरेर पनि हुँदैन। यहाँ खपत बढाउनु नै सबैभन्दा राम्रो उपाय हो। बिक्री पनि गर्नुपर्दछ। तर स्वदेशमा खपत बढाउँदा धेरै विषयले मुलुकलाई फाइदा हुन्छ।

सोही कारण पनि विद्युतीय गाडीमा केन्द्रित हुन जरुरी रहेको छ। बिजुलीको आन्तरिक बजार बढाउने भनेको विदेशी मुद्राको ठूलो हिस्सा पेट्रोलियम पदार्थमा जाने गर्दछ। त्यो कम भयो भने मुद्रा बचतमा केही न केही सहयोग पुग्छ नै। सोही कारण अब निजी सवारी मात्रै होइन सार्वजनिक सवारीको पनि विद्युतीयमा केन्द्रित हुनु जरुरी छ।

करको विषयमा चाहिँ सरकारले ध्यान दिनुपर्दछ। अझै सकेसम्म छुट नै दिने हो। अहिले प्रर्वद्धनको समयमा कर बढाउने काम गर्नु हुँदैन। अर्को कुरा पेट्रोल डिजेलको आयातले हुने डलर सञ्चिति ह्रास कम गर्न सार्वजनिक सवारीको विद्युतीकरणले सहयोग गर्छ। यता अब बिजुली नै खेर जाँदैछ। यसका लागि पनि हामीले कर नीतिमा सोच्नुपर्ने हुन्छ।

विद्युतीय गाडी चलाउँदा रेन्जका पनि कुरा आउँछन्। मेरो ईभी सिक्समा भने त्यस्तो समस्या छैन। साना रेन्ज भएका गाडी चलाउँदा पर्याप्त समय दिएर चार्ज गरेर हिँड्दा समस्या आउँदैन।

नेपालमा बाटो घाटोमा चाहिँ धेरै समस्या रहेको छ। बाटो राम्रो नहुँदा पूर्वाधारमा सरकारले ध्यान दिन जरुरी छ। चार्जिङ स्टेसनमा ध्यान जरुरी छ।

नेपालको भविष्य ऊर्जामा नै छ। प्रकृतिले कसैलाई समुद्र दिएको छ कसैलाई के दिएको छ, हामीलाई पनि पानी दिएको छ। यसमा पनि अथाह सम्भावना छन्। त्यस्तै नेपालमा सौर्य ऊर्जा पनि ठूलो सम्भावना रहेको छ।

यसकारण नेपालमा ऊर्जा उत्पादन नीतिमा सरकारले सकारात्मक भएर सोच्न जरुरी रहेको छ। उत्पादनको ठूलो लक्ष्य राखेकाले अब खपतमा पनि सँगसँगै बढाउनु पर्दछ। आन्तरिक खपतमा विद्युतीय गाडी र भान्सामा खपत बढाउन आवश्यक रहेको छ। कृषि तथा सिँचाइ क्षेत्रमा पनि विद्युतमा ध्यान दिन आवश्यक रहेको छ। यतातिर ध्यान दिन सकियो भने आन्तरिक रुपमा बिजुली खपत बढाउन सकिन्छ। 


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend