बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दुई क्याप्टेनलाई भ्रष्टाचार मुद्दा लागेपछि वाइडबडीको उडान प्रभावित

सोमबार, चैत २६ २०८०
दुई क्याप्टेनलाई भ्रष्टाचार मुद्दा लागेपछि वाइडबडीको उडान प्रभावित

काठमाडौं- नेपाल वायुसेवा निगमको 'वाइडबडी ए ३३०' उडान गर्ने दुईजना पाइलटलाई भ्रष्टाचारको मुद्दा लागेसँगै निगमको उडान प्रभावित भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी उडानका रहेका आईपी (प्रशिक्षक पाइलट) श्रवण रिजाल र वरिष्ठ पाइलट सुवास रिजाललाई दुईवटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै गएको साता मुद्दा दर्ता गरेको थियो। जसको असर उडानमा देखिएको छ।

पर्यटकीय सिजनमै पाइलट अभावका कारण वाइडबडीको उडान तालिका रद्द गरिएको छ। सोमबार राति कतारका लागि उडान तालिका राख्नुपर्ने थियो। कतारको दोहा वाइडबडीको उडान हुनुपर्ने भएपनि उडान तालिका नै राखिएको छैन।

सोमबार राति कतार जाने उडानका लागि जहाजको सबै टिकट काटिएको छ भने भोलि मंगलबार कतारबाट आउने उडानको पनि पूर्ण क्षमतामा नै टिकट काटिएको छ। तर पाइलट अभावमा उडान नै रद्द गरिएको हो।


प्रकाशित : सोमबार, चैत २६ २०८००९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend