बिहीबार , वैशाख २० गते २०८१    
images
images

१५ सय ४८ घण्टाको आकाश यात्रा तय गर्ने 'लुम्बिनी' ३ हजार ९६ घण्टादेखि ग्राउन्डमा

चालु आवको साउनदेखि अहिलेसम्म एउटै न्यारोबडीबाट निगमले गुमायो साढे २ अर्ब

images
images
images
१५ सय ४८ घण्टाको आकाश यात्रा तय गर्ने 'लुम्बिनी' ३ हजार ९६ घण्टादेखि ग्राउन्डमा

निगमकै अनुसार यो जहाज थप १५ दिन उडानमा आउने छैन। १५ दिनको ३० हजार डलर जहाज नउडेपनि जहाजमा प्रयोग भएको इन्जिन भाडाबापतको रकम भुक्तानी गर्नु पर्छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज भए पनि पछिल्लो १ सय २९ दिनदेखि तीनवटा जहाजमात्रै उडानमा छ। न्यारोबडी दैनिक सरदर १२ घण्टा उडान हुन्छ। सोही हिसाबमा यो जहाजले १ सय २९ दिनमा १५ सय ४८ घण्टा उडान गर्ने थियो।

images
images
images

पर्यटक सिजन सुरु भएको छ। विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकको लर्को नै लागेको छ। सन् २०२४ को मार्च महिनामै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १ लाख ३० हजार पुगेको थियो। एयरलाइन्स कम्पनीको व्यापारमा उछाल आइरहेको छ।

images

यस्तोमा सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको 'नाइन एन एकेएक्स' कलसाइनको 'लुम्बिनी' नाम दिइएको जहाज इजरायलमा लगेर थन्क्याइएको छ। निगमले केही दिनअगाडि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दिएको जानकारीअनुसार जहाज अप्रिल २२ भन्दा अगाडि नेपाल आउने छैन। 

images

यो जहाज नोभेम्बर ३० देखि अन्तर्राष्ट्रिय उडानमा छैन। जहाज उडानमा नभएपनि जहाजमा प्रयोग भएको भाडाको इन्जिनको भने निगमले दैनिक २ हजार डलर तिरिरहेको छ। जहाज उडानमै नरहेपनि इन्जिन भाडाबापत इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई) लाई १ सय २९ दिनको ३ करोड ४३ लाख १४ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भइसकेको छ।  यो रकम अप्रिल ७ सम्मको मात्रै हो।

images
images

निगमकै अनुसार यो जहाज थप १५ दिन उडानमा आउने छैन। १५ दिनको ३० हजार डलर जहाज नउडेपनि जहाजमा प्रयोग भएको इन्जिन भाडाबापतको रकम भुक्तानी गर्नु पर्छ। 

यो त निगमले जहाज नउडाउँदा पनि गरेको खर्च हो। पर्यटकीय सिजनमा जहाज ग्राउन्डेड हुँदा दैनिक निगमलाई १ करोड २० देखि १ करोड ३० लाख रुपैयाँसम्म आम्दानीमा असर परेको छ। यही हिसाबमा १ सय २९ दिन न्यारोबडी जहाज ग्राउन्डेड हुँदा निगमले १ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गुमाइसकेको छ।

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी भने आफ्नो पद जोगाउने ध्यानका केन्द्रित छन्। सरकारले बर्खास्ती गरेपछि अदालतबाट अन्तरिम आदेश ल्याएर पद जोगाइरहेका उनको ध्यान कमिसनमा मात्र छ। अन्तरिम आदेशपछि चारवटा पेसी उनले छलफलमा नै नराखि सारिरहेका छन्। पछिल्लोपटक चैत २५ गतेको पेसी पनि फेरि ६ महिना पर धकेलिसकेका छन्। 

वाइडबडी जहाज खरिदमा भ्रष्टाचारको मुद्दा दर्ताबाट आफू जोगिन उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई मिलाउन नै व्यस्त थिए। उनलाई जहाजको इन्जिन मर्मत तथा इन्जिन भाडामा लिँदा आउने कमिसन आइरहेको छ। जसका कारण पनि इन्जिन मर्मतको विषयमा उनलाई चासो छैन। जसका कारण निगम आर्थिक संकटमा पुगिसकेको छ। जहाज खरिदमा लिएको ऋण बढेको बढ्यै छ। 

नाइन एन एकेएक्स ग्राउन्डेडको नालीबेली

नाइन एन एकेएक्स जहाज २०२३ को जुलाई १७ मा काठमाडौं विमानस्थलमा अवतरणपछि इन्जिनमा समस्या देखिएर ग्राउन्डेड भएको थियो। जहाजको तत्काल इन्जिन मर्मतको काम सुरु भएन।

जहाजको इन्जिन मर्मतका लागि त्यसपछि मात्रै एमआरओ छनोट प्रक्रिया सुरु भयो। अधिकारीले सेटिङमा एउटै कम्पनीलाई इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने गरी एमआरओ छनोट गरेका थिए। उनले इजरायलको 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई) कम्पनी छनोट गरे। जहाज सेप्टेम्बर ३० मा इजरायल पठाइयो। 

तर इन्जिन झिकेर हाल्न नै कम्पनीले समय लगायो। जहाज ७५ दिन ग्राउन्डेड भयो। ग्राउन्डेड हुँदा दैनिक १ करोड २० लाखको दरमा ७५ दिनमा ९० करोड आम्दानी गुमाइसकेको छ।

ग्राउन्डेड जहाजमा प्रतिदिन २ हजार डलर, प्रतिसाइकल २३९ र प्रतिघण्टा २ सय ७८ डलरमा उही कम्पनीको इन्जिन हालेर उडानमा आयो। जहाज उडानमा आएको ५० दिनमै जहाजको फेरि अर्को इन्जिनमा समस्या आयो। जहाज नोभेम्बर ३० देखि ग्राउन्डेड भयो। जुन जहाज १२९ दिनदेखि आकाशमा उडेको छैन। ग्राउन्डमा निदाइरहेको छ। 

१२९ दिन ग्राउन्डेड हुँदा १ अर्ब ५४ करोड आम्दानी गुमाइसकेको छ। सेप्टेम्बर ३० मा ६५ दिनभित्रै इन्जिन मर्मत गर्ने गरी भएको सम्झौताअनुसार इन्जिन मर्मत भएको भए जहाज एक साताभन्दा बढी समय ग्राउन्डेड हुने थिएन। तर ६ महिना बितिसक्दा पनि इन्जिन मर्मत भएको छैन।

इन्जिन मर्मत गरेर जहाज उडानमा आएपनि फेरि अहिले बिग्रिएको इन्जिन मर्मतमा दिँदै एउटा इन्जिन भाडामा नै प्रयोग गर्नुपर्ने हुन्छ। 

जहाजको इन्जिन भाडाबापत अहिलेसम्म दुई किस्ताको रकम भुक्तानी भएको छ। तर निगमले रकम सार्वजनिक गरेको छैन। नाइन एन एकेएक्स कलसाइनको जहाज २०८० साउन १ गतेदेखि चैत २६ गतेसम्म गरी २ सय ४ दिन ग्राउन्डेड भइसकेको छ। जम्मा चालुआवको हालसम्म बीचमा ५० दिनमात्रै उडानमा रहेको थियो।

जहाज २ सय ४ दिन जहाज ग्राउन्डेड भएको छ। जहाज ग्राउन्डेड हुँदा निगमले २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइसकेको छ। जहाज ग्राउन्डेड भएर उडान नगर्दा पनि इन्जिन भाडामा ३ करोड ४३ लाख खर्च भइसकेको छ।

न्यारोबडी जहाज 'सगरमाथा'मा २० महिना प्रयोग भएको भाडाको इन्जिनमै निगमले खर्चियो ३८ करोड (विवरणसहित) न्यारोबडी जहाज 'सगरमाथा'मा २० महिना प्रयोग भएको भाडाको इन्जिनमै निगमले खर्चियो ३८ करोड (विवरणसहित)

images

प्रकाशित : सोमबार, चैत २६ २०८००७:१८

प्रतिक्रिया दिनुहोस