सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

५ बंगलादेशी नागरिकको साथबाट १‍.३ किलो सुन समातियो

बुधबार, मंसिर २९ २०७८
५ बंगलादेशी नागरिकको साथबाट १‍.३ किलो सुन समातियो

५ बंगाली नागरिकको साथबाट सुन जस्तो देखि १३ किलो धातु समातिएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको ब्यागेज  चेकिङ क्रममा प्रहरीले सुन फेला पारेको हो।

काठमाडौं- दुबईबाट हिमालयन एयरलाइन्स हुँदै नेपाली बाटो भएर बंगलादेश जान लागेको ५ बंगाली नागरिकको साथबाट सुन जस्तो देखिने १३ किलो धातु समातिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको ब्यागेज चेकिङ क्रममा प्रहरीले सुन जस्तो देखिने उक्त पदार्थ फेला पारेको हो।

ह्याण्ड व्यागेज चेकिङ एरियामा चेकजाँच तथा खानतलासी गर्ने क्रममा निजहरुको साथबाट सुन जस्तो देखिने पहेंलो रंगको धातुको बिष्कुट आकारको वस्तु, चेनरोल, औठी र चुरालगायत गरी जम्मा परिमाण १३११ ग्राम अवैध रुपमा लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर २९ २०७८१३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend