आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

धनगढी-दिपायल द्रुतमार्गमा थालियो कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २२ २०८०
धनगढी-दिपायल द्रुतमार्गमा थालियो कालोपत्र

धनगढी-स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल बैशाखमा सम्झौता भएको थियो।

कैलाली- धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ। सो सडकअन्तर्गत धनगढी-स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो। 

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए। उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले जानकारी दिए।

धनगढी-स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल बैशाखमा सम्झौता भएको थियो। हाल डोटीको दिपायल तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ।

आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ।  

धनगढी-स्याउले सडक खण्डमा खड्का-कृष्ण-नारायण-बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक १६ करोड ४० लाख रुपैयाँमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए। रासस


प्रकाशित : बिहीबार , चैत २२ २०८००९:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend