आइतबार, वैशाख २३ गते २०८१    
images
images

धनगढी-दिपायल द्रुतमार्गमा थालियो कालोपत्र

images
बिजनेस न्युज
images
images
धनगढी-दिपायल द्रुतमार्गमा थालियो कालोपत्र

धनगढी-स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल बैशाखमा सम्झौता भएको थियो।

images
images

कैलाली- धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ। सो सडकअन्तर्गत धनगढी-स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो। 

images
images
images

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए। उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले जानकारी दिए।

images

धनगढी-स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल बैशाखमा सम्झौता भएको थियो। हाल डोटीको दिपायल तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ।

images

आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ।  

images
images

धनगढी-स्याउले सडक खण्डमा खड्का-कृष्ण-नारायण-बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक १६ करोड ४० लाख रुपैयाँमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए। रासस

images

प्रकाशित : बिहीबार , चैत २२ २०८००९:२४
प्रतिक्रिया दिनुहोस