बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

फेरिए तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जगन्नाथ निरौला

बुधबार, चैत २१ २०८०
फेरिए तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जगन्नाथ निरौला

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख परिवर्तन गरेको छ।

प्राधिकरणले केन्द्रीय कार्यालयमा रहेका उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको महाप्रबन्धकको जिम्मेवारी दिएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक तथा उपमहानिर्देशक प्रतापबाबु तिवारीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक बनाइएको छ।

गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक तथा उपमहानिर्देशक हंसराज पाण्डेलाई केन्द्रीय कार्यालयल बोलाइएको छ।

यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवचन्द्रलाल कर्णलाई पनि केन्द्रीय कार्यालय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहानिर्देशक नविन कर्मचार्यलाई महाप्रबन्धकको जिम्मेवारी दिइएको छ।

 


प्रकाशित : बुधबार, चैत २१ २०८०१८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend