बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

मन्थली विमानस्थलमा पहिलोपटक राखियो एक्स-रे मेसिन

बुधबार, चैत २१ २०८०
मन्थली विमानस्थलमा पहिलोपटक राखियो एक्स-रे मेसिन

उक्त एक्स-रे मेसिन नागरिक उड्डयन प्राधिकरण काठमाडौंले रामेछापलाई उपलब्ध गराएको हो।

मन्थली- रामेछापको मन्थली विमानस्थलबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि चेकजाँचका लागि एक्स-रे मेसिन राखिएको छ।

नियमित चेकजाँच सहज बनाउने उद्देश्यले मन्थली विमानस्थलमा पहिलोपटक एक्स-रे मेसिन राखिएको हो।

मेसिन नहुँदा हवाईजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुको प्रहरीले सबै झोला खोलेर चेकजाँच गर्ने गरेको थियो। जहाजमा लैजान प्रतिबन्धित गरिएका सामान ओसारपसार नहोस् भनेर प्रहरीले यात्रुका झोला खेलेर नै जाँच गर्ने गरेको थियो।

जिल्लामा मेसिन प्राप्त भएपछि झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने गरेको नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत उज्ज्वल गुरागाईँले बताए।

उनका अनुसार उक्त मेसिन नागरिक उड्डयन प्राधिकरण काठमाडौंले रामेछापलाई उपलब्ध गराएको हो। रासस


प्रकाशित : बुधबार, चैत २१ २०८०१४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend