बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पौन ४ अर्बको लागतमा पाँचतारे होटलसहित पोखरामा अन्तर्राष्ट्रिय सेमिनार हल बनाइने

शुक्रबार, चैत २३ २०८०
पौन ४ अर्बको लागतमा पाँचतारे होटलसहित पोखरामा अन्तर्राष्ट्रिय सेमिनार हल बनाइने

आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको बोर्डले तयार पारेको विवरणमा उल्लेख छ। आयोजनाको कुल लागत ३ अर्ब ७१ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ।

काठमाडौं- तेस्रो लगानी सम्मेलनको तयारीको काम सरकारले तीब्रताको साथ गरिरहेको छ। लगानी सम्मेलनमा प्रस्ताव गरिने आयोजनाहरूको विवरण संकलनको काम लगानी बोर्डले गरिरहेको छ। बोर्डले अहिलेसम्म १ सय ५० वटा आयोजना सोकेसमा राख्नेगरी काम गरिरहेको छ।

लगानी सम्मेलन आउँदो बैशाख १६ र १७ गते काठमाडौंमा हुँदै छ। जसमा पोखरामा पाँचतारे होटलसहित अन्तर्राष्ट्रिय सेमिनार हल निर्माणको आयोजनासमेत लगानी सम्मेलनमा दाताहरूमाझ राखिने भएको छ।

प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानीसमेत घोषणा गरिसकेको छ। पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग पनि जोडिएको छ। 

पोखरामा सुविधासम्पन्न पाँततारे होटल तथा रिसोर्टसमेत सञ्चालनमा छन् भने कतिपय सञ्चालनको तयारीमा छन्।

अब पोखरामा नै तीन हजार जना अट्ने क्षमता भएको अन्तर्राष्ट्रिय सेमिनार हलसहितको पूर्वाधार निर्माणका लागि लगानी बोर्डले आयोजनाको विवरण तयार पारेको छ।

आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको बोर्डले तयार पारेको विवरणमा उल्लेख छ। आयोजनाको कुल लागत ३ अर्ब ७१ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ।

आयोजनाअन्तर्गत ३ हजार क्षमताको सेमिनार हल निर्माण हुने छ। जहाँ प्रदर्शनी र सांस्कृतिक केन्द्र (दुई प्रदर्शनी हल, प्रदर्शन क्षेत्र र मुख्य ग्यालेरी) रहनेछ। साथै हल निर्माण क्षेत्रमा पाँचतारे होटल, रेस्टुरेन्ट र फूड कोर्ट संग्रहालय, पिकनिक क्षेत्र, बाल पार्क, सवारी साधन पार्किङ क्षेत्र तथा एम्फीथिएटर लगायतका संरचना निर्माण हुने छ।

यो परियोजनाले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न रणनीतिक पहलको रूपमा काम गर्ने लक्ष्य लिइएको छ। जुन विशेषगरी मास पर्यटनमा केन्द्रित छ। यसले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरी स्थानीय तथा क्षेत्रीय अर्थतन्त्रमा योगदान पुर्‍याउने बोर्डले जनाएको छ। यसले व्यापार यात्रालाई आकर्षित गर्नेसमेत उल्लेख गरिएको छ। 


प्रकाशित : शुक्रबार, चैत २३ २०८०१४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend