बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

वायुसेवा निगमले प्राधिकरणलाई बुझायो स्पष्टीकरण

मंगलबार, चैत २० २०८०
वायुसेवा निगमले प्राधिकरणलाई बुझायो स्पष्टीकरण

हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको प्राधिकरणले नेपाल वायुसेवा निगमलाई भन्दै यही चैत १३ मा स्पष्टीकरण सोधेको थियो।

काठमाडौं- नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण बुझाएको छ।

नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो।

जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता एवं उपमहानिर्देक जगन्नाथ निरौलाले जानकारी दिए।

उनले भने, 'प्राधिकरणले हवाई सुरक्षाका विषयमा प्रश्न उठाई सात दिनभित्र बुझाउने गरी स्पष्टीकरण सोधेको थियो, वायुसेवा निगमले त्यस विषयलाई स्पष्ट गरेर स्पष्टीकरणसहितको पत्र बुझाएको छ।' 

प्रवक्ता निरौलाले उक्त स्पष्टीकरण अध्ययनकै क्रममा रहेको पनि जानकारी दिए। उनले भने, 'वायु सेवा निगमका तर्फबाट स्पष्टीकरण आएको छ र अब त्यसलाई प्राधिकरणले अध्ययन गर्नेछ।'

प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै यही चैत १३ गते स्पष्टीकरण सोधेको थियो। रासस


प्रकाशित : मंगलबार, चैत २० २०८०१७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend