बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

वाइडबडी ए३३०का लागि एमआरओ छनोट प्रक्रिया सुरु

सोमबार, चैत १९ २०८०
वाइडबडी ए३३०का लागि एमआरओ छनोट प्रक्रिया सुरु

निगम अध्यक्षले फेरि वाइडबडी ए३३० को लागि सबै सेटिङ मिलाएर छोटो समयको समय दिएर टेन्डर गरेको निगम स्रोतको दाबी छ।

काठमाडौं- एयरबस ३२० को इन्जिन मर्मत तथा इन्जिन भाडाका लागि सेटिङमा एउटै कम्पनीलाई जिम्मेवारी दिएको नेपाल वायु सेवा निगमले एयरब ३३० वाइडबडी जहाजको इन्जिन मर्मतका लागि एमआरओ छनोट प्रक्रिया सुरु गरेको छ।

निगमले वाइडबडी ए ३३० जहाजको इन्जिन मर्मत तथा इन्जिनम बिग्रिएर मर्मतका लगि पठाइएको बेला जहाज उडानमा ल्याउन इन्जिन भाडामा लिने गरी एमआरओ छनोट गर्न लागेको हो।

निगमले शनिबार एमआरओ छनोटका लागि भन्दै टेन्डरको सूचना जारी गरेको हो। इच्छुक कम्पनीलाई १५ दिनको सयम दिएर प्रस्ताव माग गरिएको छ। बोपलपत्रमा सहभागी हुने कम्पनीले एफएए वा ईएएसए र स्थानीय (सम्बन्धित देश)मर्मत स्वीकृति/अधिकार प्रमाणपत्रको प्रतिलिपि समेत पेस गर्नुपर्ने छ। प्रमाणपत्रहरू हालको वैधता हुनुपर्ने र  त्यसो नगरे बोलपत्र अयोग्य ठहरिने  सूचनामा उल्लेख छ।

यसअघि निगम अध्यक्ष युवराज अधिकारीले आर्थिक लाभ लिँदै एयरबस ३२० को इन्जिजन मर्मत तथा भाडामा लिने गरी एउटै कम्पनीसँग सम्झौता गरेका थिए।

अधिकारीले इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई)सँग पाँच वर्षका लागि एयरबस ३२०को एमआरओ छनोट गरेका थिए। आर्थिक स्वार्थपूर्तिमा छनोट गरिएको कम्पनीले अहिले निगमलाई तनाव दिएको छ। सेप्ट‍ेम्बर ३०मा मर्मतका लागि दिइएको इन्जिन अझै मर्मत भएको छैन। जहाज इजरायल लगेर राखिएको  छ।

अधिकारीले फेरि वाइडबडी ए३३० को लागि सबै सेटिङ मिलाएर छोटो समयको समय दिएर टेन्डर गरेको निगम स्रोतको दाबी छ। न्यूनतम ३५ दिनको समय दिनुपर्ने भएपनि अधिकारीले सेटिङमै कम्पनी छनोटका लागि कम समय दिएर टेन्डर गरेका हुन्।


प्रकाशित : सोमबार, चैत १९ २०८०१४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend