बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

मार्चमै भित्रिए सवा लाखभन्दा बढी पर्यटक, गतवर्षभन्दा २९ प्रतिशतले वृद्धि

एकै महिनामा कोभिडपछिकै सबैभन्दा बढी चिनियाँ पर्यटक नेपाल भ्रमणमा

सोमबार, चैत १९ २०८०
मार्चमै भित्रिए सवा लाखभन्दा बढी पर्यटक, गतवर्षभन्दा २९ प्रतिशतले वृद्धि

सन् २०२४ को मार्चमा सबैभन्दा बढी पर्यटक भारतबाट ३० हजार ६ सय ९८ जना नेपाल भ्रमणमा आएका छन्।

काठमाडौं- सन् २०२४ को मार्च महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

पर्यटन बोर्डका अनुसार सन् २०२४ को मार्चमा १ लाख २८ हजार १ सय ६७ जना पर्यटन नेपाल भ्रमणका आएका छन्। यो संख्या गत आवको भन्दा २८.९१ प्रतिशतले बढी हो।

सन् २०२३ को मार्चमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ९९ हजार ४ सय २६ रहेको थियो।

सन् २०२४ को मार्चमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। भारतबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ३० हजार ६ सय ९८ रहेको छ। यो सन् २०२३ को मार्चको भन्दा बढी हो। सन् २०२३ को मार्चमा भारतबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या २५ हजार ९ सय ११ जना मात्रै थियो।

यसैगरी सन् २०२४ को मार्चमा दोस्रो बढी पर्यटक चीनबाट आएका छन्। चीनबाट कुल १२ हजार ९३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। चिनियाँ पर्यटकको संख्यामा उल्लेख वृद्धि आएको हो। कोभिडपछि यो नै सबैभन्दा बढी चिनियाँ पर्यटक नेपाल भ्रमणका आएका हुन्।

तेस्रोमा मार्चमा अमेरिकाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १० हजार ७ सय ६३ रहेको छ।

यसैगरी श्रीलंकाबाट ५ हजार ७ सय ४२ र थाइल्याण्डबाट ४ हजार ५ सय ६७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

toursit.jpg


प्रकाशित : सोमबार, चैत १९ २०८०१३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend