सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

४२ मेगावाटको 'मोदी ए' लट १ मा २ अर्ब ४ करोडको ठेक्का नेपाली र चिनियाँ कम्पनीलाई संयुक्त

बुधबार, चैत १४ २०८०
४२ मेगावाटको 'मोदी ए' लट १ मा २ अर्ब ४ करोडको ठेक्का नेपाली र चिनियाँ कम्पनीलाई संयुक्त

अर्को हेडवक्सको लागि पनि ठेक्का भएर छनोटको प्रक्रियामा रहेको छ। कास्कीको नयाँपुलबाट क्युमीसम्मको १४ किलोमिटर लामो पहुँच मार्ग निर्माण भइसकेको छ।

काठमाडौं- अप्पर मोदी-क्यास्केड अन्तर्गतका दुई जलविद्युत् आयोजनामध्ये ४२ मेगावाटको मोदी ए 'लट १' को निर्माणका लागि चीनको सिचुआन सुइटान कन्ट्रक्सन कम्पनी र नेपालको हाई हिमालय जेबीले संयुक्त रुपमा ठेक्का पाएका छन्।

कम्पनीले २ अर्ब ४ करोड ६८ रुपैयाँमा लागतमा कम्पनीले ठेक्का पाएको हो। जसमा उनीहरूले ४२ मेगावाटको उक्त परियोजनामा सिभिल र मेकानिकलअन्तर्गतका काम गर्ने छन्। 

२०७४ मै स्वीटजरल्यान्डको परामर्शदाता कम्पनी एएफ कन्सल्टले विस्तृत डिजाइन तयार गरेको आयोजना बल्ल अगाडि बढेको हो।

अप्पर मोदी-ए ४२ (मेगावाट) र मोदी-ए १८.२ (मेगावाट) को डिजाइन उक्त कम्पनीले तयार पारेको थियो। पहिलो लटको ४२ मेगावाट अन्तर्गतको सिभिल र मेकानिकलतर्फको काम अगाडि बढाउन बल्ल कम्पनी छनोट भएको हो।

कास्की र पर्वतको बीचबाट बग्ने मोदी खोलामा आयोजना निर्माण हुनेछ। उक्त आयोजना सन् १९९७ मा पत्ता लागेको भए पनि यसको सम्भाव्यता अध्ययन सन् २००० मा सकिएको थियो। सन् २०१२ मा पुन: त्यसमा संशोधन गरिएको थियो।

सुरुमा दुवै आयोजनाको हेडवर्क्स अलग-अलग निर्माण गर्ने योजना थियो। तर अप्पर मोदी-एबाट निस्केको पानीलाई सिधै मोदी-ए मा पठाउन सकिने देखिएपछि एउटै हेर्डवक्स निर्माण गर्ने गरी नयाँ डिजाइन तयार पारिएको थियो। अब दुबै आयोजनाको काम एकसाथ अगाडि बढ्ने छ।

अर्को हेडवक्सको लागि पनि ठेक्का भएर छनोटको प्रक्रियामा रहेको छ। कास्कीको नयाँपुलबाट क्युमीसम्मको १४ किलोमिटर लामो पहुँच मार्ग निर्माण भइसकेको छ। 


प्रकाशित : बुधबार, चैत १४ २०८०११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend