मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मोबाइलको आयात गर्नुअघि आईएमईआई नम्बर दर्ता गराउनुपर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
मोबाइलको आयात गर्नुअघि आईएमईआई नम्बर दर्ता गराउनुपर्ने 

नेपालमा मोबाइल आयात गर्ने आयातकर्ताहरूले अबदेखि टाइप अप्रुभल गराएर आयात गर्नुपहिले नै आईएमईआई नम्बर दर्ता गराउनुपर्ने भएको छ। 

काठमाडौं- नेपालमा मोबाइल आयात गर्ने आयातकर्ताहरूले अबदेखि टाइप अप्रुभल गराएर आयात गर्नुपहिले नै आईएमईआई नम्बर दर्ता गराउनुपर्ने भएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै आयातकर्ताहरूलाई यो नियमका बारेमा सचेत गराएको छ। 

 मोबाइल सेटको आयात तथा प्रयोगलाई विश्वस्त तथा भरपर्दो बनाउनको लागि यस्तो व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ। 

मोबाइल सेटको स्तर स्वीकृति तथा आईएमआई नम्बर दर्ताका  लागि व्यावसायिक मोबाइल आयातकर्ताले प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणालीबाट दर्ता गर्नुपर्ने छ। 


 


प्रकाशित : बिहीबार , भदौ २४ २०७८०४:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend