आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

बेनीघाट-आरुघाट सडक : तीन करोड ८९ लाख लागतमा तान्द्राङ खोलामा पुल निर्माण

images
शनिबार, चैत १० २०८०
images
बेनीघाट-आरुघाट सडक : तीन करोड ८९ लाख लागतमा तान्द्राङ खोलामा पुल निर्माण

एक वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएकामा निर्माण कम्पनीले झन्डै आठ महिनाअघि नै काम सम्पन्न गरेको हो।

images
images

गोरखा- गोरखाको बेनीघाट-आरुघाट सडक खण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ।

images
images
images

भीमसेन थापा गाउँपालिका-८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४ मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको गोरखा सडक योजना कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए।

images
images

बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको चार महिनाभित्रै निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ। पुल निर्माणका लागि कार्यालयले जलप होम जेभीसँग गएको मङ्सिर १५ गते ठेक्का सम्झौता गरेको थियो।

images
images

'एक वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो', उनले भने, 'तर तीव्र गतिमा काम भएकाले तोकिएको समयभन्दा झन्डै आठ महिनाअघि नै काम सम्पन्न भयो।'

पुल निर्माणको लागत तीन करोड ८९ लाख ८३ हजार रूपैयाँ रहेको छ। पुलको वारिपारि दुवैतर्फ ५०/५० मिटरको पहुँच मार्ग निर्माण भएको इन्जिनियर श्रेष्ठले बताए। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले त्यहाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरिएको भए पनि पछि त्यसलाई परिवर्तन गरेर बेलिब्रिज निर्माण गरिएको हो।

पुल निर्माण भएसँगै बेनिघाटदेखि आरुघाटसम्म दैनिकरुपमा चल्ने सवारी साधनको  आवागमनमा सहज भएको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। पुल निर्माणले गोरखाको भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङका नागरिकलाई सहज हुनेछ। रासस


प्रकाशित : शनिबार, चैत १० २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend