सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

८ महिनामा आयो ६ हजार ४ सय ३५ वटा विद्युतीय कार

मंगलबार, चैत ६ २०८०
८ महिनामा आयो ६ हजार ४ सय ३५ वटा विद्युतीय कार

१०१ देखि २ सय किलोवाटसम्म चीनबाट २९, जर्मनीबाट ६, कोरियबाट ४० वटा विद्युतीय कार आयात भएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुन मसान्तसम्मको ८ महिनाको अवधिमा ६ हजार ४ सय ३५ वटा विद्युतीय कार आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ महिनामा ६ हजार ४ सय ३५ वटा विद्युतीय कार आयात भएको हो।

उक्त आयातमा १५ अर्ब ८१ करोड ९७ लाख ६० हजार रुपैयाँ बाहिरिएको छ। यो अवधिमा उक्त कार आयात हुँदा सरकारले ६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ। 

५० किलोवाटसम्म चीनबाट ६ सय ६४, भारतबाट २ हजार ४८, इन्डोनेसियाबाट ३४ वटा आएको छ।  

५१ देखि १ सय  किलोवाटसम्म चीनबाट ३२ सय ६० वटा, भारतबाट ३ सय ३२, कोरियाबाट ३ वटा आयात भएको छ। 

१०१ देखि २ सय किलोवाटसम्म चीनबाट २९, जर्मनीबाट ६, कोरियबाट ४० वटा विद्युतीय कार आयात भएको छ। 

२०१ किलोवाटभन्दा माथिका चीनबाट १६, जर्मनीबाट १ वटा, अमेरिकाबाट २ वटा विद्युतीय कार आयात भएको हो। 

हाल नेपाली बजारमा चीन र भारतबाट ठूलो संख्यामा विद्युतीय कार आयात भइरहेको छ। १ सय किलोवाटसम्मका विद्युतीय कारको आयात सबैभन्दा धेरै छ भने अमेरिका तथा जर्मनीबाट पनि नेपाली बजारमा विद्युतीय कार आयात भइरहेका छन्। 

सरकारले आईसी इन्जिनयुक्त कारको तुलनामा विद्युतीय कारमा कर सहुलियत दिएकाले विद्युतीय कारको आयात तथा बिक्री बढ्दै गइरहेको छ। 


प्रकाशित : मंगलबार, चैत ६ २०८०१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend