सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अफरोड ट्रयाकमा एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’

सोमबार, चैत ५ २०८०
अफरोड ट्रयाकमा एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’

एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको पहिलो ईभी एमजी फोर अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो।

काठमाडौं- एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट गरेर ग्राहकमा सो ईभीको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ।

‘एमजी ४ स्ट्रेन्थ टेस्ट : इन्डुरेन्स इन एड्भरसिटी’ नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ईभी स्ट्रेन्थ टेस्ट हो।

चैत १ गते बिहीबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले विभिन्न सेलिब्रेटी, मिडियाकर्मी, ग्राहकलगायतको सहभागिता गराएको थियो। 

धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी फोर ईभीको ‘इन्डुरेन्स’ गरिएको थियो। त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरुले हिलो बाटो, सार्प टर्निङ, हिल असिस्ट र ओरालोको पर्फमेन्सजस्ता विषयमा एमजी फोर ईभीको परीक्षण गरेका थिए।

ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीहरुले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पिकअपको अनुभव लिएका थिए। 

mg4 1.jpg

एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको पहिलो ईभी एमजी फोर अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो। उक्त ट्रयाकमा पटहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो।

यसो हेर्दा कम ग्राउण्ड क्लियरेन्स भएको देखिए पनि इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण चारजना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या सिर्जना नभएको पाइयो। यस एमजी फोर ईभीमा रहेको हिल असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण अप्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको अनुभव सहभागीहरूले बताए।

नेपालमा रहेको विभिन्न ईभी गाडीहरूमध्ये एमजीले पहिलोपटक यस्तो परीक्षण गरेको पारामाउन्ड मोटर्सको भनाइ छ। गाडीको ग्राउन्ड क्लियरेन्सको सम्बन्धमा रहेको शंका टेस्ट ड्राइभपश्चात् मेटिइएको पाइएको कम्पनीले जनाएको छ।

सहभागीहरूले टेस्ट ड्राइभ पश्चात एमजी फोर ईभी सहरका चिल्ला बाटोमा मात्र नभइ बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोहरुमा पनि सहजै चलाउन सकिने कुरामा आफू विश्वस्त रहेको बताएका थिए। 


प्रकाशित : सोमबार, चैत ५ २०८०१८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend