सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एमएडब्लू वृद्धिले ल्यायो अर्को ब्रान्डको विद्युतीय भ्यान

सेरेस ग्रुपअन्तर्गत सोकोनको ११ सिटे विद्युतीय भ्यान छिट्टै नेपाल आउने

सोमबार, चैत ५ २०८०
एमएडब्लू वृद्धिले ल्यायो अर्को ब्रान्डको विद्युतीय भ्यान

एमएडब्लू वृद्धिका अनुसार सोकोन ईसी ३६ ११ सिट क्षमताको विद्युतीय भ्यान छिट्टै नेपाल बजारमा ल्याउने तयारी गरेको छ।

काठमाडौं- एमएडब्लू समूह अन्तर्गतको एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नयाँ ब्रान्ड नेपाल भित्र्याएको छ। कम्पनीले सेरेस समूहअन्तर्गतको सोकोन ब्रान्डको विद्युतीय भ्यान ल्याउने भएको हो। 

डोङफेङ र सेरेस समूहको साझेदारीमा स्थापना भएको चोङक्युङ सोकोन इन्डस्ट्रियल ग्रुप कम्पनीले उत्पादन गर्ने सोकोन ब्रान्डको विद्युतीय भ्यान नेपाली बजारमा आउने भएको हो। सोकोन ब्रान्डले हालै एमएडब्लू वृद्धि कमर्सिलय भेहिकललाई आधिकारिक बिक्रेता नियुक्त गरेको थियो। 

सोकोन समूह अन्तर्गत स्मार्ट विद्युतीय गाडीहरु, सुपर अर्वान एसयूभी, कम्प्याक्ट एमपीभी, विद्युतीय लाइट कमर्सियल सवारी उत्पादन गर्दै आएको छ। यी उत्पादन सोकोनले विश्वका ७० भन्दा बढी देशमा बिक्री हुँदै आएको दाबी गरेको छ। 

एमएडब्लू वृद्धिका अनुसार सोकोन ईसी ३६ ११ सिट क्षमताको विद्युतीय भ्यान छिट्टै नेपाल बजारमा ल्याउने तयारी गरेको छ। आगामी अप्रिल भित्रै सोकोनका विद्युतीय भ्यान बजारमा आउने छ। हाल एमएडब्लू वृद्धिले फोटोन ब्रान्डको विद्युतीय भ्यान तथा पिकअप ट्रक बिक्री गर्दै आएको छ। 

एमएडब्लू समूह नेपालको सबैभन्दा ठूलो अटोमोबाइल बिक्रेता समूह मध्येको एक हो। हाल एमएडब्लू समूहअन्तर्गत यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चाङगन, फियाट, सेरेस, फोटोनलगायत ब्रान्डका सवारी बिक्री हुँदै आएका छन्। 

विगतमा आईसी इन्जिन सवारीमा दुई पांग्रेलेखि हेभी इक्युपमेन्टसम्म बिक्री गर्दै आएको एमएडब्लू समूह अब भने विद्युतीय सवारीतर्फ केन्द्रित हुँदै गएको छ। त्यसका लागि समूहले आफूअन्तर्गतका कम्पनीबाट विभिन्न चिनियाँ ब्रान्डका प्यासेन्जर कारदेखि कमर्सियल सवारीसम्म ल्याउने क्रममा रहेको छ। 


प्रकाशित : सोमबार, चैत ५ २०८०१४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend