सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

वर्ल्डलिंकले किन्यो डिजिटल वालेट खल्तीको ४० प्रतिशत सेयर

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २६ २०७८
वर्ल्डलिंकले किन्यो डिजिटल वालेट खल्तीको ४० प्रतिशत सेयर

५ वर्षअघि स्थापना भएको डिजिटल वालेट खल्तीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक र स्वदेशी रेमिटेन्स सेवा संचालनको लागि अनुमति पाएको छ।

काठमाडौं- नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले डिजिटल वालेट खल्तीमा लगानी गरेको छ। 

वर्ल्डलिंकले खल्तीको ४० प्रतिशत सेयर स्वामित्व खरिद गरेको छ। दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नेगरी खल्तीमा लगानी गरिएको वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले जानकारी दिए। 

'वर्ल्डलिंकले नेपालको सहरी क्षेत्रसहित ग्रामीण तथा दुर्गम क्षेत्रमा ईन्टरनेटको सेवा विस्तार गरिरहेको छ' अग्रवालले भने,'यो सहकार्य नेपालको सूचना प्रविधि सुदृढीकरणको लागि कोसेढुङ्गा साबित हुनेछ।'

खल्तीसँगको सहकार्यले नेपालका दूरदराजका क्षेत्रमा ईन्टरनेट कनेक्टिभिटीसँगै वित्तीय पहुँच पुर्‍याउन र डिजिटल नेपालको लक्ष्य हासिलको लागि यसले मद्दत पुग्ने उनको दाबी छ। 
 
५ वर्षअघि स्थापना भएको डिजिटल वालेट खल्तीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक र स्वदेशी रेमिटेन्स सेवा संचालनको लागि अनुमति पाएको छ।
 
प्रयोगकर्ताले फोन रिचार्ज गर्न, ईन्टरनेट, टिभीको बिल तिर्न, ईन्स्योरेन्सको प्रिमियम, सरकारी राजस्व भुक्तानी गर्नका साथै आन्तरिक उडानको टिकट किन्न, अनलाइन शपिङ साइटमा भुक्तानी गर्न र अन्य थुप्रै सेवाको लागि खल्तीको उपयोग गरिरहेका छन् ।

यी दुई कम्पनीले यसअघि नै साझेदारी गरिरहेका थिए। भुक्तानी सेवाका लागि वर्ल्डलिंकले खल्तीसँग साझेदारी गर्दै आएको छ। 


प्रकाशित : आइतबार, मंसिर २६ २०७८११:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend