सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विद्युतीय कार बनाउन होन्डा र निसान साझेदारी गर्न तयार

शनिबार, चैत ३ २०८०
विद्युतीय कार बनाउन होन्डा र निसान साझेदारी गर्न तयार

प्रतिस्पर्धी मूल्यमा विद्युतीय कार उत्पादन गर्नुपर्ने दबाबका कारण होन्डा र निसान संयुक्त रुपमा ईभी उत्पादनमा केन्द्रित हुन लागेका हुन्।

काठमाडौं- दुई जापानी कार उत्पादक कम्पनी होन्डा मोटर र निसान मोटर विद्युतीय कार उत्पादनका लागि साझेदारी गर्न तयार देखिएका छन्। विद्युतीय कार उत्पादन दर्ता लागत कटौती गर्न दुई कम्पनीबीच व्यावसायिक साझेदारी बारे सकारात्मक भएका हुन्। 

पछिल्लो समय विद्युतीय कारमा चिनियाँ उत्पादक बीवाईडी र अमेरिकी उत्पादक टेस्लाले दबदबा बढाउँदै लगेसँगै जापानी कार उत्पादकहरु मिलेर लड्नुपर्ने अवस्थापमा पुगेका हुन्।

प्रतिस्पर्धी मूल्यामा विद्युतीय कार उत्पादन गर्नुपर्ने दबाबका कारण होन्डा र निसान संयुक्तरुपमा ईभी उत्पादनमा केन्द्रित हुन लागेका हुन्। 

दुई कम्पनीबीच विभिन्न कुराहरु मिल्न बाँकी रहेकाले सम्झौताका कुराहरु बाहिर आउन समय लागेको जनाइएको छ। निसान र होन्डाले ईभीमा व्यवसायिक साझेदारी गर्न तयार भएको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। दुवै कम्पनीले उक्त कुरा बताउन नचाहेको र होन्डा र निसानको समयसमेत तय भएको संयुक्त पत्रकार सम्मेलन भने स्थगित भएको छ। 

निसानले होन्डासँग मिलेर मुख्य गरि ईभीको पार्ट र आन्तिरिक बजारका लागि सानो आकारको ईभी उत्पादन गर्न चाहेको छ। होन्डा र निसानको साझेदारी बिजनेस जापान बाहेकका देशमा पनि हुनेछ। तर यसले अहिले अमेरिकी कम्पनी जनरल मोटरसँग होन्डाले गरेको साझेदारीमा प्रभाव पार्ने देखिएको छ। यसकारण पनि होन्डाले केही सयम लिचाहेको हो। 

होन्डाले २०४० सम्ममा विद्युतीय र फ्युल सेल सवारीको हिस्सा शतप्रतिशत बनाउने लक्ष्य लिएको छ। यसको मतलब २०४० बाट होन्डाले पेट्रोलियम सवारी बिक्री गर्ने छैन। 

निसानले युरोपेली बजारका लागि ईभी बनाउन रेनोसँग साझेदारी गरिसकेको छ। निसानको माइक्रो ईभी रेनोको नयाँ विद्युतीय प्लेटफर्ममा उत्पादन हुने तय भइसकेको छ। 

निसानले रेनोको नयाँ विद्युतीय कार प्लान्टमा ६५ करोड ३० लाख डलर लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ। 


प्रकाशित : शनिबार, चैत ३ २०८०११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend