सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

शोरुम आइपुग्यो स्काइवेल ईटी फाइभ, आगामी साताबाट उपभोक्तालाई डेलिभरी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २ २०८०
शोरुम आइपुग्यो स्काइवेल ईटी फाइभ, आगामी साताबाट उपभोक्तालाई डेलिभरी

उच्च प्रविधियुक्त र नेपालमा उपलब्धमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ।

काठमाडौं- स्काइवेलको विद्युतीय कार ईटी फाइभ शोरुम आइपुगेको छ। लामो समयको प्रतिक्षापछि स्काइवेलको प्रिमियम एसयूभी ईटी फाइभ यही साता शोरुम आइपुगेको हो। 

जी मोटर्सले आधिकारिक रुपमा नेपाल भित्र्याएको स्काइवेलका विद्युतीय एसयूभी आगाती साताबाट उपभोक्तालाई हस्तान्तरण सुरु गर्ने तयारी कम्पनीको छ। योसँगै जी मोटर्सले उपभोक्ताका लागि ईटी फाइभ टेस्ट ड्राइभका लागिसमेत उपलब्ध गराउने बताएको छ। 

जी मोटर्सले नाडा अटो शो २०२३ मा स्काइवेल ब्रान्ड नेपाल भित्रिएको औपचारिक घोषणा गरेको थियो। त्यससँगै कम्पनीले अटो शोबाटै ईटी फाइभको बुकिङसमेत खुलाएको थियो। अटो शोयता कम्पनीले करिब ३० गाडीको बुकिङ गरिएको दाबी गरेको छ। 

skywell 2.jpg

उच्च प्रविधियुक्त र नेपालमा उपलब्धमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यो कारको मूल्य १ करोड ९ लाख रूपैयाँ तय भएको जी मोटर्सले जनाएको छ। 

स्काइवेल ईटी फाइभ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ।

skywell 3.jpg

स्वाइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्ने कम्पनीको भनाइ छ। 

स्काइवेलको शोरुम भक्तपुरमा बनिसकेको छ भने काठमाडौंको नक्सालमा निर्माणाधीन रहेको जी मोटर्सले जनाएको छ।


प्रकाशित : शुक्रबार, चैत २ २०८०१२:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend