सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मोदीको ट्वीटर ह्याक भएर बिटक्वाइनको सूचना

आइतबार, मंसिर २६ २०७८
मोदीको ट्वीटर ह्याक भएर बिटक्वाइनको सूचना

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्यान्डल ह्याक भएर 'बिटक्वाइन' लाई भारतले मुद्रा सरहको मान्यता दिएको भन्दै ट्वीट भएको विषयमा ट्वीटरले छानबीन भइरहेको जनाएको छ।

प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले आइतबार बिहान पुष्टि गरेको छ। 'प्रधानमन्त्री @narendramodi को ट्वीटर ह्यान्डल छोटो समय ह्याक भएकोले त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्न' भनिएको छ।

भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल @PMOIndia सँगै उनको व्यक्तिगत @narendramodi ह्यान्डल पनि सञ्चालनमा रहेको छ। जहाँ @narendramodi का ७३.४ मिलियन भन्दा बढी फलोअर्स छन्।

भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्वीटर प्रयोग गर्ने गर्छन्। जहाँ आइतबार बिहान भने 'बिटक्वाइन'सँग सम्बन्धित ट्वीट भएको थियो।

जसमा 'भारतले बिटक्वाइनलाई कानूनी रुपमा नै मुद्रा सरहको मान्यता दिएको र सरकारले नै ५ सय बीटीसी किनिसकेको' ट्वीटमार्फत जनाइएको थियो। ट्वीट केही समयमा नै हटाएर ह्याक भएको सूचना दिइएको थियो। तर पनि लाखौँसम्म उक्त ट्वीट पुगिसकेको थियो भने त्यसको 'स्क्रिनसट' अहिले पनि फैलिइरहेको छ। कतिपयले त्यसलाई प्रधानमन्त्रीमाथि मजाकको विषय बनाइरहेका छन् भने कतिपयले साइबर सुरक्षाको प्रश्नहरू उठाइरहेका छन्।

ट्वीटरले आफ्नो सिस्टमका कारण त्यस्तो समस्या नआएको र त्यसमा विस्तृत अनुसन्धान गर्ने जनाएको छ।


प्रकाशित : आइतबार, मंसिर २६ २०७८०८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend