सोमबार, जेठ ७ गते २०८१    
images
images

सदाबहार एमजी जेडएस ईभी : बजार हिस्सा बढाउँदै, पूर्वाधार विस्तार गर्दै

५ बाट १७ प्रतिशत पुग्यो बजार हिस्सा

images
बुधबार, फागुन ३० २०८०
images
images
सदाबहार एमजी जेडएस ईभी : बजार हिस्सा बढाउँदै, पूर्वाधार विस्तार गर्दै

वर्ष २०२३ मा नेपाली बजारमा ६ हजार ७ सय ६१ वटा विद्युतीय कार आयात भएको थियो। त्यसमा एमजी ब्रान्डका १ हजार १ सय २७ वटा विद्युतीय कार आयात भएर बिक्री भएको तथ्यांक छ।

images
images

काठमाडौं- मोरिस ग्यारेज (एमजी)को जेडएस ईभी नेपाली बजारको अब्बल विद्युतीय एसयूभीका रुपमा स्थापित रहेको छ। तत्कालिन अर्थमन्त्री युवराज खतिवडाको अस्वभाविक कर वृद्धि र त्यसपछिको सप्लाइचेन समस्या हुँदा सुस्ताएको जेडएस ईभी पुनः लयमा फर्किँदै छ। 

images
images
images

आकर्षक डिजाइन र परिमार्जित विशेषतासहित आएको जेडएस ईभी नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल छ। त्यसको मुख्य कारण हो त्यसअघि नै एमजी जेडएस ईभी नेपाली बटो र उपभोक्ताको परीक्षणमा अब्बल दर्जा हात पारिसकेको थियो।

images

सरकारले विद्युतीय कारको करमा फेरबदल गरिरहेकाले विद्युतीय कार बिक्रीले स्थिर लय लिन सकिरहेको थिएन/छैन। जसका कारण २०२२ मा पनि नेपाली बजारमा विद्युतीय कारको बिक्री उल्लेख्य रुपमा बढ्न सकेन। 

images
images

तर २०२३ मा आइपुग्दा भने विद्युतीय कारको बिक्री सकारात्मक देखिएको छ। वर्ष २०२३ मा नेपाली बजारमा ६ हजार ७ सय ६१ वटा विद्युतीय कार आयात भएको थियो। त्यसमा एमजी ब्रान्डका १ हजार १ सय २७ वटा विद्युतीय कार आयात भएर बिक्री भएको तथ्यांक छ। 

images
images

एक वर्षमा १ हजार १ सय २७ वटा विद्युतीय कार एमजीले ल्याउँदा त्यसमा एमजी जेडएस ईभी ९ सय ९६ वटा रहेको छ। बाँकी एमजी फोर र एमजी कोमेट ईभी हुन्। २०२२ मा एमजी जेडएस ईभी १ सय १४ वटा आयात भएको थियो। २०२२ मा समग्र ईभी बजार हिस्सामा एमजीको हिस्सा ५ प्रतिशत थियो भने २०२३ मा बजार हिस्सा बढेर १७ प्रतिशत पुगेको छ। 

जेडएस ईभी नेपाली बजारमा दुई ब्याट्री तथा मोटर अप्सनमा उपलब्ध रहेको छ। २०२२ मा १ सय ५० किलोवाट मोटरयुक्त जेडएस ईभी आयात भएको थियो भने २०२३ मा यो सेगमेन्टको जेडएस ईभी १० वटा आयात हुँदा ९० किलोवाट मोटरयुक्त जेडएस ईभी ९ सय ८६ वटा आयात भएको हो। 

२०२३ मा जेडएस ईभीको मासिक आयात तथ्यांक

अप्रिल- १ सय ७०

मे- ३ सय ३०

अगस्ट- ३६

सेप्टेम्बर- २ सय ८६

अक्टोबर- ५४

डिसेम्बर- १ सय १० 

२०२३ मा १ सय ५ किलोवाट मोटरयुक्त जेडएस ईभी १० आयात भएको तथ्यांक छ।

bivag - banijya - aapurti - upabhokta samraxen.jpg

एमजी मोटरको नेपालका आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालि हो। आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत  ५० किलोवाटदेखि १ सय किलोवाटसम्मको विद्युतीय कारमा कर वृद्धि भएतापनि एमजीले यस मोडलको कारको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो। बजेट भाषण अगाडि यस कारको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ थियो।

विश्वमा चर्चित एमजी ब्रान्डले आफ्ना विविध मोडलका गाडीहरूले गर्दा नेपाली बजारमा पनि आफूलाई एउटा अब्बल ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ। विविध विद्युतीय मोडलका उपलब्ध गराएको एमजीले आफूलाई नेपालीहरूको सर्वाधिक रुचाइएको गाडी मध्यमा पर्न सफल भएको छ। जनु कुरा बिक्री तथ्यांकले पनि पुष्टि गर्छ। 

कोभिडपश्चात विद्युतीय गाडीलाई आवश्यक कच्चा पदार्थको घट्दो मूल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो बिक्रीका कारणले एमजीले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मूल्य घटाएको थियो। त्यसैको फलस्वरुप विद्युतीय गाडीमा भएको कर वृद्धि कारण पनि नेपालमा जेडएस ईभी (डिलक्स) मोडलको कारको मूल्यमा ठूलो वृद्धि गर्नु नपरेको पारामाउन्ट मोटर्सले जनाएको थियो। 

नयाँ एमजी जेडएस ईभी(डिलक्स)मा ९९ मोटर पिकपावर युक्त मोटर रहेको छ जसले २ सय ८० एनएम टर्क दिन्छ। यो कारमा ५१ किलोवाट आवरको ब्याट्री छ जसले एकपटकको फुल चार्जमा ३ सय २० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। एमजी जेडएस ईभी (डिलक्स) ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यो कारको ब्याट्रीमा ८ वर्ष वारेन्टी दिइएको छ। 

यो कारमा सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग,  ईएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता विशेषताहरू छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन-रुफ, डीएबी रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ।

त्यस्तै वायरलेस फोन चार्जिङ, कि-लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डी साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा  इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सिटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर-फोल्डिङलगायत विशेषता समावेश गरिएको छ। 

एमजी जेडएस ईभी(डिलक्स) भेरियन्ट ५ रंग विकल्पहरूमा उपलब्ध रहेको छ। डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लू जेडएस ईभी (डिलक्स)मा उपलब्ध रंग हुन्।

योसँगै पारामाउन्ट मोटर्सले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ। यो एपले एमजीको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार चार्जिङ शुल्क ‘खल्ती एप’ मार्फत भुक्तानी हुने भएकोले ग्राहकहरूको अनिवार्य खल्ती एप हुन जरूरी हुन्छ। 

bivag - banijya - aapurti - upabhokta samraxen.jpg

पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डीसी चार्जिङ स्टेसनका लाइभ अपडेटको साथै चार्जिङ भुक्तानीमा सहजता पुर्‍याउने छ।

कम्पनीका अनुसार यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस ईभी र एमजी फोर ईभीका ग्राहकहरूलाई विशेष फाइदा गर्नेछ। हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जनाएको छ।

साथै यस एपअन्तर्गतको आरएफआईडी कार्डमार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजीका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन्। ग्राहकहरूले आरएफआईडी कार्ड कम्पनीबाट लिनका लागि भ्याटसहित पाँचसय रुपैयाँ वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ। यो एपले २४ घण्टा चार्जिङ सोलुसनहरू उपलब्ध गराइ ग्राहकहरूको चार्जिङसम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ।

आरएफआईडी फारम भर्दा ग्राहकहरूले आफ्नो सुविधाअनुसार कार्ड डेलिभरीका लागि नजिकैको शोरूम रोज्न सक्नेछन्। नेपालमा हाल एमजीको २१ वटा शोरूमहरू रहेका छन्।


प्रकाशित : बुधबार, फागुन ३० २०८०१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend