सोमबार, जेठ ७ गते २०८१    
images
images

बिक्री मूल्य टुंगिएसँगै जेठदेखि बंगलादेशमा दैनिक ४० मेगावाट बिजुली बिक्री गरिने

images
मंगलबार, फागुन २९ २०८०
images
images
बिक्री मूल्य टुंगिएसँगै जेठदेखि बंगलादेशमा दैनिक ४० मेगावाट बिजुली बिक्री गरिने

भारतलाई प्रतियुनिट औसत आठ रुपैयाँ ४० पैसाका दरमा बिक्री गर्दै आएको नेपाल विद्युत प्राधिकरणले बंगलादेशमा ९ रुपैयाँ हाराहारीमा बिक्री गर्ने सहमति गरेको छ।

images
images

काठमाडौं- बंगलादेशले नेपालसहित छिमेकी मुलुकहरूबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने घोषणा गरेलगत्तै नेपालबाट लगिने बिजुलीको मूल्यसमेत टुंगो लागेको छ। नेपालले भारतलाई बिक्री गरेकै मूल्यको हाराहारीमा बंगलादेशमा बिक्री गर्ने सहमति भएको हो।

images
images
images

भारतलाई प्रतियुनिट औसत आठ रुपैयाँ ४० पैसाका दरमा बिक्री गर्दै आएको नेपाल विद्युत प्राधिकरणले बंगलादेशमा ९ रुपैयाँ हाराहारीमा बिक्री गर्ने सहमति गरेको छ। 

images

विश्व बैंकको आयोजनामा फागुन ११ देखि १४ सम्म सिंगापुरमा भएको सार्क ऊर्जा सचिवस्तरीय बैठकका क्रममा नेपाल र बंगलादेशबीच सचिवस्तरीय ‘साइडलाइन’ छलफलमा मूल्य टुंगो लागेको हो। औपचारिक सम्झौता भने हुन बाँकी रहेको छ।

images
images

सिंगापुरमा दुई देशका ऊर्जा सचिवहरुको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बीपीडीबीका अध्यक्ष महबुबुर रहमानबीच विद्युतको दरबारे सहमति भएको हो। डलरमा हुने पीपीए प्रतियुनिट ६.२५ सेन्टदेखि ६.५० सेन्टसम्मको बीचमा बीक्रीदर हुने समझदारी हुनेछ। जुन नेपाली मूल्य ८ देखि ९ रुपैयाँ हुनेछ। 

images
images

नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीचको विद्युत बिक्री वार्ता तीन साता अगाडि भएको थियो। जसमा सकारात्मक रुपमा अगाडि बढेको प्राधिकरणले जनाएको थियो।  अहिलेको सहमति हस्ताक्षर भएपछि आगामी वर्षादेखि दैनिक ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बीपीडीबीअन्तर्गतको बोलपत्र (बिड) मूल्याङ्कन समितिबीच बंगलादेशको ढाकामा वार्ता गरेको थियो। उक्त वार्तामा सहमति नभएपछि टोली नेपाल फर्किएको थियो। प्राधिकरणले हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत बंगालादेश पठाउने छ। 

विद्युत् बिक्री सम्झौता पाँच वर्षको हुनेछ। नेपालले ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर-भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुने छ।

यता बंगलादेशले नेपालसहित छिमेकी मुलुकहरूबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने घोषणा गरिसकेको छ। भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५ सय मेगावाट विद्युत् आयात गर्ने काम लगभग अन्तिम चरणमा पुगेको पनि बंगलादेशी अधिकारीहरूले बताएका छन्। 

बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिँदै छ। उक्त आयोजनाको बिजुली आफ्नो प्रसारण लाइन हुँदै बंगलादेश लैजान भारतले यसअघि नै स्वीकृतिसमेत दिइसकेको छ। 

ऊर्जा व्यापार विकास गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संयन्त्र बनाउने तयारीसमेत छ। गत महिना बंगलादेशले त्रिपक्षीय संयन्त्र बनाउने प्रस्ताव गरेको थियो। तीन देशबीच अहिले छलफल जारी छ।


प्रकाशित : मंगलबार, फागुन २९ २०८०१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend