सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

महिलाहरुको पहिलो रोजाइमा टाटा टियागो ईभी

बिहीबार , फागुन २४ २०८०
महिलाहरुको पहिलो रोजाइमा टाटा टियागो ईभी

किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडी महिलाहरुको रोजाइमा पर्न सफल भएको हो।

काठमाडौं- टाटा मोटर्सको टाटा टियागो ईभी नेपाली महिलाहरुको पहिलो रोजाइ बन्न सफल भएको छ। 

आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, ठूलो स्क्रिनले गर्दा रिभर्स गर्न र पार्किङका लागि सहज हुने, सीटहरूको उचाइ मिलाएर उकालोमा सजिलै चलाउन सकिनेलगायत कारण धेरैको रोजाइमा पर्न सफल भएको हो। 

किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडी महिलाहरुको रोजाइमा पर्न सफल भएको हो। टाटा ईभी यसको मूल्य तथा साइज कारण पनि महिला ग्राहकहरु यसमा आकर्षित भएका हुन्। 

टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनीय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावबले पनि नेपालका लागि उपयुक्त रहेको छ। टियागो ईभीको इन्टेरियर र एक्स्टेरियर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ। दैनिक तथा व्यक्तीगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभीको मूल्य २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँ रहेको छ। 

टियागो ईभी दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध रहेको छ। १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री उपलब्ध छ। १९.२ ब्याट्री प्याक रहेको यो ईभीले २ सय ५० किलोमिटर र २४ किलोवाट आवर ब्याट्रीयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

सिप्रदीले टियागो ईभी ४ कलर अप्सनमा उपलब्ध गराएको छ। टाटाले हाल भारतीय बजारमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स, टिगोर ईभी र टियागो ईभी बिक्री गर्दै आएको छ। टाटाका सबै विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। 

लिक्युड-कुल्ड ब्याट्री र मोटरका साथ उपलब्ध टियागो ईभीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ। विद्युतीय कारको बिक्री बढेसँगै सिप्रदीले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा चार्जिङ नेटवर्क विस्तारमा समेत विशेष ध्यान दिएको छ। 

टियागो ईभीमा १५ एम्पियर प्लगबाट चार विभिन्न चार्जिङ अप्सन दिइएको छ। ३.३ केडब्लू एसी र ७.२ केडब्लू एसी होम फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा ३५ किलोमिटर कार कुदाउन सकिन्छ। १० देखि सय प्रतिशत पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने छ भने टियागो ईभीका लागि डीसी फास्ट चार्जिङ पनि उपलब्ध छ।


प्रकाशित : बिहीबार , फागुन २४ २०८०११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend