शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

भारतीय ईभी बजारमा सेगमेन्टको ९० प्रतिशत हिस्सा बनाउने बीवाईडीको योजना

images
बुधबार, फागुन २३ २०८०
images
भारतीय ईभी बजारमा सेगमेन्टको ९० प्रतिशत हिस्सा बनाउने बीवाईडीको योजना

समरुमता प्रमाणीकरण नपाउँदासम्म २ हजार ५ सय वटामात्र आयात गर्न पाइने व्यवस्था छ।

images
images

काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीले २०२४ मा भारतको विद्युतीय कार बजारमा आफ्नो हिस्सा ९० प्रतिशत बनाउने योजना अघि सारेको छ। बीवाईडीले ३० लाख भारुभन्दा बढी मूल्यमा बिक्री हुने विद्युतीय कार सेगमेन्टमा उक्त बजार हिस्सा कायम गर्ने दाबी गरेको छ। 

images
images
images

मंगलबार भारतीय बजारमा बीवाईडीको सेडान कार 'सिल' सार्वजनिक गर्दै बीवाईडी इन्डियाले उक्त कुरा बताएको हो। भारतमा सिलको मूल्य ४१ देखि ५१ लाख भारु तोकिएको छ। बीवाईडीको सिल केही महिनाअघि नेपाली बजारमा सार्वजनिक भइसकेको छ। 

images
images

हाल भारतमा बीवाईडीले ई सिक्स र एटो थ्री बिक्री गर्दै आएकोमा अब सिल थपिएको छ। बीवाईडी इन्डियाले एटा थ्रीका लागि एआरएआईबाट समरुपता प्रमाणीकरण लिने प्रक्रियामा रहेको छ। समरुमता प्रमाणीकरण नपाउँदासम्म २ हजार ५ सय वटामात्र आयात गर्न पाइने व्यवस्था छ। 

images
images

समरुपता प्रमाणीकरण आयातित तथा भारतमा निर्मित सवारीको रोडवर्दिनेस सर्टिफिकेट हो जुन सरकारले बनाएको नियम कानूनको परिधिमा रहेर लिनु पर्छ।

‘हाम्रो लक्ष्य भारतीय ईभी बजारमा ९० प्रतिशत हिस्सा कभर गर्ने रहेको छ,’ बीवाईडी इन्डियाका वरिष्ठ उपाध्यक्ष संजय गोपालकृष्णनले पीटीआईलाई बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। भारतीय बजारमा विद्युतीय कारको प्रयोग बढ्दै गएकाले आफूहरुको लक्ष्य हासिल गर्न कठीन नभएको उनको दाबी छ। 

हाल भारतीय बजारमा बीवाईडी इन्डियाको प्यासेन्जर भेहिलक डिभिजनससँग २१ सहरमा २४ वटा शोरुमा सञ्चालनमा छन्। भारतको मेट्रो र टियर आई सहरमा हाल ईभी बिक्री भइरहेको र आगामी दिनमा कम मूल्यको ईभी ल्याउने र त्यसले टियर आईआई कभर हुने विश्वास बीवाईडी इन्डियाको छ। 

‘यदी हामीले ३० लाख भारुभन्दा बढी मूल्यका विलासी ईभी बिक्री गर्दा यो सेगमेन्टमा हामी मार्केट लिडर हुन्छौँ नै। ई सिक्स र एटो थ्रीपछि सिल यो सेगमेन्टमा थपिएको छ,’ गोपालकृष्णनले भने, ‘हामी अझै एउटा मोडल यो सेगमेन्टमा थप्ने तयारीमा छौँ। त्यसपछि यो सेगमेन्टको मार्केट लिडर हामीनै हुने छौँ।’ भारतले सरकारले १ अर्ब डलर लगानीमा हैदराबादमा प्लान्ट खोल्न कडाइ गरेको विषयमा उनले सरकारी नीतिको पालना गर्दै अघिबढ्ने बताए। 

अहिले भारत सरकारले कानूनी प्रावधानका कारण बीवाईडीले पर्याप्त संख्यामा एटो थ्री कार आयात गर्न पाइरहेको छैन। एआरएआईबाट समरुपताको प्रमाणीकरण पाएपछि बजार विस्तारका लागि समस्या नहुने बीवाईडी इन्डियाले जनाएको छ। 


प्रकाशित : बुधबार, फागुन २३ २०८०११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend