शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

नेपालसहित छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने बंगलादेशको घोषणा

मंगलबार, फागुन २२ २०८०
नेपालसहित छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने बंगलादेशको घोषणा

काठमाडौं- बंगलादेशले नेपालसहित छिमेकी मुलुकहरूबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने भएको छ। 

बंगलादेशका ऊर्जामन्त्री नसरुल हामिदले नेपालदेखि बंगलादेशसम्म विद्युत लैजान सकिने डेडिकेटेड लाइनको विकासमा पनि भारतसहित मिलेर काम गर्नुपर्ने र त्यसैले सबैलाई फाइदा हुने बताएका छन्। त्यसले विद्युत व्यापारले गति लिने उनको भनाइ छ।

‘हामी छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली आयात गर्न चाहन्छौँ। नेपाल र भुटानबाट जलविद्युत ल्याउने प्रक्रियामा राम्रो प्रगति भएको छ,’ नसरुलले भारतीय उच्च अधिकारीसँगको भेटमा बताएको बंगलादेशी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। 

उनले भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५ सय मेगावाट विद्युत् आयात गर्ने काम लगभग अन्तिम चरणमा पुगेको पनि बताएका छन्। साथै नवीकरणीय ऊर्जा आयातको काम पनि भइरहेको उनले बताए। 

‘ऊर्जामा हामी भारतलगायत छिमेकी देशहरूसँगको सम्बन्ध अझ बढाउन चाहन्छौँ' नसरुलले भनेका छन्। उनले सहकार्यको क्षेत्र बढाउन प्रत्येक महिना सबै पक्षका सरोकारवालाको बैठक बस्न जरुरी रहेको बताउँदै जैविक इन्धनमा पनि सँगै काम गर्न सकिने उल्लेख गरेका छन्।


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend