सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

यी हुन् गुगलमा सर्वाधिक खोजी भएका 

शुक्रबार, मंसिर २४ २०७८
यी हुन् गुगलमा सर्वाधिक खोजी भएका 

गुगलमा सबैभन्दा धेरै खोजी गरिएको फुटबल टिम रियल म्याड्रिड हो। त्यस्तै चेल्सी, पीएसजी, बार्सिलोना अरु धेरै खोजी भएका टिम हुन्। 

काठमाडौं- सन् २०२१ मा सर्च इन्जिन गुगलमा के कस्ता विषवस्तुहरू खोजी गरिए होलान्? संसारको तथ्यांक अनुसार गुगलमा विभिन्न विषयमा खोजी हुने फरक फरक विषयवस्तु छन्। 

गुगलको प्रकाशित गरेको तथ्यांक अनुसार सन् २०२१ मा सबैभन्दा धेरै अष्ट्रेलिया भर्सेस इन्डिया खोजी गरिएको थियो। त्यस्तै इन्डिया भर्सेस इङ्ग्याल्यान्ड दोस्रो धेरै खोजी भएको विषय हो। आईपीएल, एनबीए र युरो २०२१ धेरै खोजी गरिएका विषय हुन्। 

समाचारमा धेरै खोजी गरिएका विषयमा भने अफगानिस्तान,एमसी स्टक, कोभिड भ्याक्सिन, डगकोइन, जीएमई स्टक, स्टीमुलस चेक, जर्जिया सिनेट रेस जस्ता समाचार धेरै खोजी गरिएका थिए। 

यो वर्ष सबैभन्दा धेरै डेनमार्कका फुटबल खेलाडी क्रिस्टिन इरिक्सनको नाम खोजी गरिएको छ। त्यस्तै टाइगर उड्स, सिमोन बेल्सको नाम पनि धेरै खोजी भएको छ। 

सबैभन्दा धेरै खोजी हुने खेलमा पपकाट, फीफा २२, ब्याटलफिल्ड२०४२ जस्ता गेमहरू खोजी भएका छन्। 

धेरै खोजी हुने खानामा बिरिया ट्याकोस, फेटा पास्ता छन्। 

गुगलमा सबैभन्दा धेरै खोजी गरिएको फुटबल टिम रियल म्याड्रिड हो। त्यस्तै चेल्सी, पीएसजी, बार्सिलोना अरु धेरै खोजी भएका टिम हुन्। 


प्रकाशित : शुक्रबार, मंसिर २४ २०७८१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend