सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

३२ लाखमै आउने भयो ‘नामी ०१’, रेन्ज ४२० किमि

मंगलबार, फागुन २२ २०८०
३२ लाखमै आउने भयो ‘नामी ०१’, रेन्ज ४२० किमि

सतप्रतिशत स्वामित्व डोङफेङसँगै रहेको नामी ब्रान्ड पूर्णतः विद्युतीय सवारी ब्रान्ड हो। कम्पनीले यो ब्रान्डलाई चीनसँगै अन्तर्राष्ट्रिय बजारमा जानलाई केन्द्रित गरेर बनाएको थियो।

काठमाडौं- चिनियाँ ब्रान्डका विद्युतीय सवारी नेपाली बजारमा आउनेक्रम उल्लेख्य रुपमा बढेको छ। योसँगै कम्पनीहरुले प्रतिस्पर्धी मोडलका साथै प्रतिस्पर्धी मूल्यमा पनि सवारी ल्याउन थालेका छन्। 

यस्तैमा एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपाल ल्याउन लागेको नामी ब्रान्डको नामी ०१ निकै प्रतिस्पर्धी मूल्यमा आउने भएको छ। क्रसओभर सेगमेन्टको नामी ०१ विद्युतीय कार ३२ लाख रुपैयाँकै वरिपरी मूल्य निर्धारण हुने भएको छ। कम्पनीले ३० देखि ३४ लाख भित्रै यो कारको मूल्य तय गर्ने छ। 

चिनियाँ सवारी उत्पादक समूह डोङफेङअन्तर्गतको सवब्रान्ड नामी एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याउने गरि केही समयअघि सम्झौता गरेको थियो। नामी ब्रान्ड डोङफेङ मोटर कर्पोरेसनले २०२० मा स्थापना गरेको हो। 

सतप्रतिशत स्वामित्व डोङफेङसँगै रहेको नामी ब्रान्ड पूर्णतः विद्युतीय सवारी ब्रान्ड हो। कम्पनीले यो ब्रान्डलाई चीनसँगै अन्तर्राष्ट्रिय बजारमा जानलाई केन्द्रित गरेर बनाएको थियो। 

एमएडब्लू वृद्धिले नामी ०१ मार्च अन्त्य वा अप्रिल महिना भित्र नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। क्रसओभर सेगमेन्टको नामी ०१ अत्याधुनिक विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ। 

नामी ०१ का मुख्य विशेषता 

यो विद्युतीय कार डोङफेङको क्वान्टम आर्किटेक्चर एसथ्री प्लेटफर्ममा उत्पादन भएको हो। नामी ०१ को लम्बाइ ४ हजार ३० एमएम, चौडाइ १८ सय १० एमएम र उचाइ १५ सय ७० एमएम रहेको छ। २६ सय ६० एमएम ह्वीलवेस रहेको यो कार स्वीफ्टभन्दा केही ठूलो आकारको छ। 

मोबाइल रिमोट कन्ट्रोलसहित १२.८ इन्चको कन्ट्रोल प्यान यो कारमा छ। त्यस्तै गरि ब्लाइन्ड स्पर्ट मनिटरिङ, अटोनोमस पार्किङ, रिमोट पार्किङ, लेन किपिङ असिस्ट, क्रुज कन्ट्रोललयात विशेषतासहति दुई ड्राइभिङ मोड रहेको छ।

nammi 01.jpg

कारमा चालक बस्ने वित्तिकै उसको हाइट, बसाइलगायतका आधारमा अटोमेटिक रुपमा एडजस्ट हुने ‘वेलकम सिट’ विशेषतासमेत यो कारमा रहेको दाबी कम्पनीको छ। त्यस्तै गरि फ्रेमलेस विन्डो नामी ०१ मा छ। 

दुई ब्याट्री अप्सन ३१.४५ र ४२.३ किलोवाट आवर ब्याट्री अप्सनमा यो कार चीनमा उपलब्ध छ। नेपाली बजारमा कुन मोडल आउने तय गरिनसकेको कम्पनीले जनाएको छ। ७० किलोवाटको मोटर जडान भएको यो कारको टप स्पीड १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ। 

चाइना लाइट–ड्युटी भेहिकल टेस्ट साइकल(सीएटीसी)को दाबीअनुसार ३१.४५ केडब्लूएच ब्याट्री भएको नामी ०१ ले फुल चार्जमा ३ सय ३० किलोमिटर र ४२.३ केडब्लूएच ब्याट्री भएकोले ४ सय ३० किलोमिटर रेन्ज दिने छ। डीसी फस्ट चार्जरमार्फत ३० देखि ८० प्रतिशत चार्ज हुन जम्मा ३० मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ।

एमएडब्लू ग्रुप पछिल्लो समय विद्युतीय सवारीको व्यापारमा केन्द्रित हुन थालेको छ। एमएडब्लू वृद्धिले चिनियाँ ब्रान्ड फोटोनका विद्युतीय भ्यान तथा पिकअप ट्रक, सेरेस ब्रान्डको विद्युतीय कार र चाङगनको सवब्रान्ड डिपलका विद्युतीय कार नेपाली बजारमा उपलब्ध गराएको छ। त्यसैगरी अर्को एउटा ब्रान्डको विद्युतीय भ्यानसमेत ल्याउने तयारी गरिरहेको छ। 

त्यस्तै एमएडब्लू ग्रुपअन्तर्गतका कम्पनीले नेपाली बजारमा हेभी इक्युपमेन्टदेखि मोटरसाइकल तथा कारदेखि लुब्रिकेन्टसम्मको व्यापार गर्दै आएको छ।  

एमएडब्लू वृद्धिले डोङफेङ सवब्रान्ड नामीको विद्युतीय कार ल्याउने तय गरिसकेको छ। विभिन्न व्यावसायिक घरानाले समेत ल्याउन चाहेको र प्रतिस्पर्धा गरिरहेको नामी ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले हात पारेको हो। 

डोङफेङले कम्प्याक्ट विद्युतीय सवारी विशिष्टिकृत रुपमा उत्पादन गर्न नयाँ ब्रान्ड नामी ल्याएको हो। नामी ब्रान्डअन्तर्गत ०१ विद्युतीय सवारी केही महिनाअघि चीनमा सार्वजनिक भएको थियो।


प्रकाशित : मंगलबार, फागुन २२ २०८०११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend