सोमबार, जेठ ७ गते २०८१    
images
images

१ खर्ब २५ अर्ब लागतको नौमुरे बहुउद्देश्यीय आयोजनाले तीन दशकपछि बल्ल गति लिँदै

२१८.३ मेगावाट बिजुली उत्पादन, ८० हजार हेक्टर जमिनमा सिँचाइ

images
मंगलबार, फागुन २२ २०८०
images
images
१ खर्ब २५ अर्ब लागतको नौमुरे बहुउद्देश्यीय आयोजनाले तीन दशकपछि बल्ल गति लिँदै

निर्माण सुरु भएको ६ वर्षमा निर्माण सम्पन्न हुने अध्ययनमा उल्लेख गरिएको आयोजनालाई सरकारले आगामी वर्ष नै ठेक्का प्रक्रियामा लैजाने तयारी गरेको हो।

images
images

काठमाडौैं- सरकारले तीन दशकपछि बल्ल नौमुरे बहुउद्देश्यीय आयोजना आगाडि बढाउने भएको छ। २१८.३ मेगावाट बिजुली उत्पादनसहित दाङ, बाँके र कपिलवस्तुमा सिँचाइ उपलब्ध गराउने आयोजनालाई बल्ल गति दिन लागिएको हो। 

images
images
images

आयोजनाबाट लुम्बिनी प्रदेशका झण्डै ४० लाख मानिस प्रत्यक्षरुपमा लाभान्वित हुने अनुमान गरिएको छ। आयोजनाका लागि १ हजार ३ सय रोपनी जग्गा प्राप्ति सुरु गरिएको छ।

images

भेरी बबई डाइभर्सन र सुनकोशी मरिण डाइभर्सनपछि सरकारले नौमुरे बहुउद्देश्यीय आयोजना अगाडि बढाउन लागेको हो। चालु वर्षमा ६ करोड ४३ लाख बजेट विनियोजन भएपनि काम भने खासै अगाडि बढ्न सकेको थिएन। 

images
images

आगामी आर्थिक वर्षदेखि आयोजनालाई गति दिने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको छ। १ खर्ब २५ अर्ब लागत आनुमान गरिएको आयोजनाबाट तीन जिल्लामा ८० हजार हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुने छ। 

images
images

निर्माण सुरु भएको ६ वर्षमा निर्माण सम्पन्न हुने अध्ययनमा उल्लेख गरिएको आयोजनालाई सरकारले आगामी वर्ष नै ठेक्का प्रक्रियामा लैजाने तयारी गरेको हो।  

रोल्पाबाट प्युठान भएर आउने माडी र झिम्रुक नदी मिसिएपछि बन्ने राप्ती नदीको पानी उपयोग हुने नौमुरेको अध्ययन सिँचाइ मन्त्रालयले २०७८ मै सम्पन्न गरेको थियो। 

यो आयोजना २१८.३ मेगावाट क्षमतामा नौमुरे जलविद्युत् आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको छ।

यस्तै लामाताल जलविद्युत् आयोजना ८ मेगावाट क्षमताको हुनेछ। सुराइनाका जलविद्युत् आयोजनाको क्षमता ५४.७ मेगावाट बराबर छ।

नौमुरे मुख्य बाँधस्थल माडी र झिमरुक खोलाभन्दा तल करिब ३ किलोमिटर प्यूठान र अर्घाखाँची जिल्लाको भूभागमा रहने प्रस्तावमा उल्लेख गरेको छ।

नौमुरे बहुउद्देश्यीय आयोजनाअन्तर्गत प्रस्तावित कपिलवस्तु सिँचाइ प्रणालीबाट २९ हजार ७ सय ३६ हेक्टरसहित देखुरी उपत्यकाको १० हजार ८ सय हेक्टर र बाँकेको ४२ हजार ७ सय ६६ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। 

वर्तमान प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड २०६५ सालमा पहिलो पटक भारत भ्रमणमा जाँदा नै यो आयोजनाका विषय अगाडि बढेको थियो। तर प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन। २०४५ मा सो आयोजनाको प्रारम्भिक अध्ययन भएको थियो। लामो अलमलपछि सरकारले २०७४ सालदेखि आन्तरिक स्रोतबाटै आयोजनाको अध्ययन गरेको थियो। 

आयोजनाबाट उत्पादन हुने २१८.३ मेगावाट बिजुली ५५ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरेर नेपाल विद्युत् प्राधिकरणको नयाँ लमही सवस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोडिनेछ। 


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend