शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

सौर्य ऊर्जातर्फ पहिलोपटक गोल्यान समूहको पियोर इनर्जीले आईपीओ जारी गर्ने

सोमबार, फागुन २१ २०८०
सौर्य ऊर्जातर्फ पहिलोपटक गोल्यान समूहको पियोर इनर्जीले आईपीओ जारी गर्ने

काठमाडौं- औद्योगिक घराना गोल्यान समूहको भगिनी कम्पनी पियोर इनर्जी लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। पियोर इनर्जीमार्फत नेपालमा पहिलोपटक सौर्य ऊर्जातर्फ पनि आईपीओ जारी हुन लागेको हो।  

समूहले जलविद्युतसँगै सौर्य ऊर्जामा समेत लगानी गरिरहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा १६ लाख कित्ता आईपीओ जारी गर्नका लागि अनुमति माग गरेको छ।

कम्पनीले १६ लाख कित्तामा प्रतिकित्ता १०० रुपैयाँका दरले १६ करोड रुपैयाँ बराबारको आईपीओ जारी गर्नका लागि निवेदन दिएको हो।

समूहले पियोर इनर्जीमार्फत ६० मेगावाट सौर्य ऊर्जा परियोनासमेत अगाडि सारेको छ। जसमध्ये २० मेगावाटका दुई आयोजनाको निर्माण पूरा गरी सञ्चालन भइरहेको छ। बाँकी ४० मेगावाटका ४ आयोजना निर्माणका विभिन्न चरणमा छन्। 

पियोर इनर्जी लिमिटेडले उत्पादन गरेको सौर्य ऊर्जा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय प्रसारणलाइनको कोहलपुरस्थित सबस्टेसनमा जोडिएको छ। दुई भागमा विभाजन भएको पियोर इनर्जीको यस परियोजनामा पहिलो र दोस्रो भागबाट १०/१० मेगावाट विद्युत् उत्पादन गरी प्रसारणलाइनमा जोडिएको छ।  

गोल्यान समूहले झन्डै एक दर्जन आयोजनामार्फत ९ सय ९१ मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न अनुमति लिएर निर्माणको प्रक्रिया अगाडि बढाउँदै छ। जसका लागि समूहले झन्डै २ खर्ब रुपैयाँ लगानी गर्दै छ। 

अर्पाटमेन्ट निर्माण, इन्स्योरेन्स, बैंक वित्तसहित कृषि क्षेत्रमा समेत लगानी गरिरहेको गोल्यान समूहले ऊर्जामा लगानीलाई आक्रामक बनाएको छ।

दुई खर्ब लगानीमार्फत एक हजार मेगावाट बिजुली उत्पादन गर्दै गोल्यान समूह दुई खर्ब लगानीमार्फत एक हजार मेगावाट बिजुली उत्पादन गर्दै गोल्यान समूह

 


प्रकाशित : सोमबार, फागुन २१ २०८००७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend