आइतबार, जेठ ६ गते २०८१    
images
images

२ अर्ब ७८ करोड लागतको नेपालगञ्ज-गुलरिया सडक विस्तार तीव्र, बजेट अभाव भए समयमै काम नसकिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १६ २०८०
images
images
२ अर्ब ७८ करोड लागतको नेपालगञ्ज-गुलरिया सडक विस्तार तीव्र, बजेट अभाव भए समयमै काम नसकिने

निर्माण कम्पनीले यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए।

images
images

राँझा- नेपालगञ्ज-गुलरिया हुलाकी सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न भएको छ।

images
images
images

एघार दशमलव ६० किलोमिटर चार लेन र १६ दशमलव दुई किलोमिटर दुई लेनगरी २७ दशमलव ६२ किलोमिटर लामो सडक विस्तार २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण सुरु भएको थियो। 

images

एक वर्षको अवधिमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए।

images
images

उनका अनुसार काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ। निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

images
images

निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा नेपालगञ्ज-गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो। निर्माण कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भएमा एक वर्षभित्र सम्पन्न गर्नेगरी काम गरिएको बताए। 

निर्माण कम्पनीले यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए।

नेपालगञ्ज-गुलरिया सडक विस्तारकार्यको भौतिक प्रगतिको आधा २७ प्रतिशतमात्र कामको भुक्तानी दिन सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले बताए।

उनका अनुसार निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेस गरेको ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ। बजेट अभाव कायमै रहेमा निर्माणाधीन योजनामा प्रभाव पर्ने देखिएको छ। रासस


प्रकाशित : बुधबार, फागुन १६ २०८०१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend