मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

नाडा चुनाव : चौधरी र थापाको यस्तो छ चुनावी गणित 

images
बुधबार, मंसिर २२ २०७८
images
images
नाडा चुनाव : चौधरी र थापाको यस्तो छ चुनावी गणित 

बिहीबार हुने नाडाको चुनावमा छरिएका भोटको भरमा रहेका थापा र एकमुष्ट भोटको बलमा उत्रिएका चौधरीबीच प्रतिस्पर्धा हुनेछ।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आगामी दुई वर्षे कार्यकालका लागि भोलि (मंसिर २३ बिहीबार) चुनाव हुँदैछ। नयाँ नेतृत्वका लागि सीजी मोटोकर्पका तर्फबाट करण चौधरी र आयाम इन्टरनेशनलको तर्फबाट ध्रुवबहादुर थापाले प्यानल नै बनाएर चुनावमा प्रतिस्पर्धा गर्दैछन्। 

images
images
images

वर्तमान कार्यसमिति सर्वसम्मत चयन भएको थियो भने यो पटक दुवै प्लानलले अध्यक्षसँगै १७/१७ जना सदस्यकै लागि चुनावमा होमिएका छन्। चौधरी र थापाका पक्षमा व्यवसायिक घरानाहरू विभाजित भएका छन्। 

images
images

प्यानल बनाएर प्रतिस्पर्धा गरेका दुई उम्मेद्‍वारको चुनावी गणितमा धेरै मतदाता भएका हाउसको समर्थनले निर्धारण गर्ने छ। जुन प्यानलमा प्रभावशाली समूहको सहभागिता छ त्यही प्यानल सहज अवस्थामा हुने देखिन्छ। 

images
images
images

चुनावमा बनेको प्यानल हेर्दा कुन समूहको समर्थन कता छ भनेर देखिन्छ। 

करण चौधरीको प्यानलमा नाडा चुनावमा सबैभन्दा प्रभावशाली मानिएको सिप्रदी ट्रेडिङका तर्फबाट राजनबाबु श्रेष्ठ सदस्यको उम्मेद्‍वार छन्। त्यस्तै एमएडब्लू इन्टरप्राइजेज, हिरो मोटो कर्प, नाडाका वर्तमान अध्यक्ष, महासचिव, सचिव, कोषध्यक्षसमेत चौधरीको पक्षमा खुलेका छन्। आईएमई मोटर्सका निशान ढकाल चौधरी प्यानलबाट सदस्यको उम्मेद्‍वार बनेका छन्। 

त्यस्तै अर्को प्रभावशाली समूह होन्डाको बिक्रेता स्याकार ट्रेडिङको तर्फबाट प्रकाश कपुरीले चौधरीकै प्यानलबाट उम्मेद्‍वारी दिएका छन्। अहिलेको नाडा चुनावमा संस्थागतसँगै स्पेयर पार्टस् व्यवसायीको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ। स्पेयर पार्टस् तर्फका व्यवसायीहरू माझ वर्तमान अध्यक्ष, महासचिव र कोषाध्यक्षको पकड राम्रो मानिन्छ। उनीहरूको समर्थन चौधरी प्यानललाई छ भने महासचिव र कोषाध्यक्ष सदस्य पदका उम्मेद्‍वारसमेत छन्। 

थापा समूहमा भने नेपालमा हुन्डाईका गाडीको बिक्रेता लक्ष्मी समूहको समर्थन छ। यो प्यानलबाट लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्ठ सदस्यको उम्मेद्‍वार छन्। टीभीएस बिक्रेता जगदम्बा मोटर्सको तर्फबाट दीपककुमार अग्रवाल थापा पक्षबाट उम्मेद्‍वार भएका छन्। फोर्ड मोटर्सको समर्थन पनि थापा समूहलाई छ। स्पेयर पार्टस बिक्रेताको राम्रो समर्थन रहेको थापा समूहको दाबी छ। 

एकमुष्टमा धेरै भोट भएका ठूला संस्थाको समर्थन करण चौधरीलाई देखिन्छ। थापाको भने कर्पोरेटभन्दा पनि काठमाडौं बाहिरका व्यवसायीको समर्थन राम्रो देखिन्छ। थापाको पक्षमा खुलेर लाग्नेमा एकमुष्ट भोट भएका समूहमा लक्ष्मी समूह र जगदम्बा मोटर्समात्र छन्। चौधरीको पक्षमा भने एकमुष्ट भोट भएका धेरैको समर्थन देखिएको छ। 

बिहीबार हुने नाडाको चुनावमा छरिएका भोटको भरमा रहेका थापा र एकमुष्ट भोटको बलमा उत्रिएका चौधरीबीच प्रतिस्पर्धा देखिन्छ।  

नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूको प्रतिनिधित्व भएको साझा संस्था हो। उनीहरूको आत्मसम्मानलाई प्रमुख महत्व दिँदै अटोमाबाइल क्षेत्रमा सहज वातावरण व्यवसायिक सहजता बनाइ अझै प्रगतशील बनाउने प्रयास गर्नु नै आफ्नो मुख्य ध्यान रहेको अध्यक्षका उमेद्वार करण चौधरीले बताएका छन्। 

‘उच्च आय आर्जन सुनिश्चित गर्ने वातावरण बनाउने छु। यसको लागि केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका सबै सरकारहरूसँग समन्वय गर्ने छु,’ उनले भने, ‘विशेष गरि अटोमोबाइल व्यवसायमा संलग्नहरू चाहे सवारी आयातकर्ता हुन् वा स्पेरपार्टस् सबैको हक हितका लागि बिनापूर्वाग्रह काम गर्न सक्छु भन्ने मेरो विश्वास छ।’ 

सबै व्यवसायीहरूको राय लिइ व्यवसाय केन्द्रित नीति निर्माण गर्न संयन्त्र निर्माण गर्दै सबैको सल्लाह सुझाव लिने वातावरण बने संस्था नीतिगत तहमा बलियो हुने विश्वास लिएको चौधरीले बताए। कोभिडबाट अटोमोबाइल व्यवसायीहरूलाई पूर्ण सुरक्षित राख्दै व्यवसायिक सुरक्षाका लागि समेत सरोकारवालाहरूसँग संस्थागत रुपमा पहल गरिरहेको र गर्ने प्रतिवद्धता उनले जनाएका छन्। 

त्यस्तै अध्यक्षका अर्का उमेद्वार ध्रुवबहादुर थापाले नाडामा ९५ प्रतिशत जति सर्वसाधारण व्यवसायीहरू भएकाले उनीहरूको पनि नाडा हुनुर्पयो भनेर आफूले उमेद्वारी दिएको बताएका छन्। ‘५ प्रतिशत कर्पाेरेट व्यवसायी छन्, उनीहरूसँग पनि समन्वय गरेर जानुपर्छ। सर्वसाधारण व्यवसायीहरूको आवाज सरकारसँग पुग्न सकेको छैन भन्ने जुन आवाज उठिरहेको छ,’ उनले भने, ‘यी विषयलाई सम्बोधन गर्ने गरि म नाडाको नेतृतवमा जान लागेको हो।’ 

नाडालाई संस्थागत रुपमै बलियो बनाउनु पर्ने र संस्था बलियो हुँदा मात्र हामीले राखेका कुराहरू सुनिने अवस्था आउने उनको भनाइ छ। विगतमा केहीले व्यक्तिगत रुपमा संस्थानालाई बढी उपयोग गरेको भन्ने सुनिएको हो। यस्ता कुरा नसुनिने गरि संस्थालाई बलियो बनाउन आवश्यक रहेको थापाले बताए। 

को कुन प्यानलमा?

चौधरी प्यानल

चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन्।

थापा प्यानल

थापाको प्यानलमा नाडाको वर्तमान कार्यसमितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया छन्। त्यसैगरी उनको प्यानलमा अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बीएस कंसाकार र सञ्जयकुमार खेतान र यमुना श्रेष्ठ छन्।


प्रकाशित : बुधबार, मंसिर २२ २०७८१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend