शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

बंगलादेशसँग विद्युत बिक्रीको सम्झौता भएन, तर वार्ता सकारात्मक भएको प्राधिकरणको दाबी

शुक्रबार, फागुन ११ २०८०
बंगलादेशसँग विद्युत बिक्रीको सम्झौता भएन, तर वार्ता सकारात्मक भएको प्राधिकरणको दाबी

विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरूमा विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

काठमाडौं- नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीचको विद्युत बिक्री तार्ता सकारात्मक रुपमा अगाडि बढेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार आगामी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्नेगरी दुई वर्षबीचमा जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौत गर्ने सहमति भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बीपीडीबीअन्तर्गतको बोलपत्र (बिड) मूल्याङ्कन समितिबीच बिहीबार बंगलादेशको ढाकामा वार्ता भएको थियो।

विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरूमा विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

‘बीपीडीबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत बिक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौँ, हामीले पेश गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरूमा विस्तृत रुपमा छलफल गर्यौं’, घिसिङले भने, 'उनीहरूले पनि माथिल्लो निकायबाट स्वीकृति लिनु पर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जति सक्दो छिट्टो सम्पन्न गरेर  आगामी वर्षायामबाटै नेपालबाट विद्युत खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ।’

प्राधिकरणले यसै हरेक वर्ष १५ जुनदेखि-१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत निर्यातका बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ।

विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ। नेपालले ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर-भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुने छ।


प्रकाशित : शुक्रबार, फागुन ११ २०८०१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend