आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

ठूला उद्योगमा लोडसेडिङ भइरहँदा पनि प्रसारण लाइन निर्माणमा ढिलाइ, २२७ मेगावाट बिजुली खेर जाँदै

images
शुक्रबार, फागुन ११ २०८०
images
ठूला उद्योगमा लोडसेडिङ भइरहँदा पनि प्रसारण लाइन निर्माणमा ढिलाइ, २२७ मेगावाट बिजुली खेर जाँदै

प्राधिकरणले निर्माण जारी राखेको मध्यभोटेकोशी जलविद्युत आयोजना, रसुवागढी र सान्जेन हाइड्रोपावर कम्पनीको बिजुली अन्तिम तयारीमा छ।

images
images

काठमाडौं- उद्योगहरूमा नेपाल विद्युत प्राधिकरणले अहिले पनि दैनिक ९ घण्टासम्म लोडसेडिङ गरिरहेको छ। सुक्खायाममा ठूलो परिमाणमा भारतबाट विद्युत् खरिद गर्दै आएको भएपनि नपुग्ने हुँदा ठूला उद्योगहरूमा विद्युत कतौटी हुँदै आएको छ। 

images
images
images

व्यवसायीहरूका अनुसार हाल बिहान ७ देखि ११ बजे र अपराह्ण ५ देखि राति १० बजेसम्म विद्युत् आपूर्ति बन्द छ। सबै उद्योग बन्द गरेर बस्नुपर्ने अवस्था रहेको छ। तर नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनमा समयमा काम सम्पन्न गर्न नसक्दा दुई सय २७ मेगावाट बिजुली खेर जाने अवस्था सिर्जन भएको छ।

images
images

प्राधिकरणले नै निर्माण गरिरहेको तीन आयोजनाको बिजुलीसमेत प्रसारण लाइन नहुँदा समस्यामा पर्ने देखिएको हो। 

images
images

प्राधिकरणले निर्माण जारी राखेको मध्यभोटेकोशी जलविद्युत आयोजना, रसुवागढी र सान्जेन हाइड्रोपावर कम्पनीको बिजुली अन्तिम तयारीमा छ। तर प्रसारण लाइन निर्माण सम्पन्न नहुँदा कम्तिमा चालु वर्ष बिजुली खेर जाने निश्चित छ।

यतिबेला उक्त बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकेको भए प्राधिकरणले उद्योगमा बिजुली दिनसक्ने अवस्था थियो। 

प्राधिकरणले चालु वर्ष १५ अर्ब हाराहारीको बिजुली भारत निर्यात गरेको थियो। आउने वर्ष २५ अर्ब रुपैयाँभन्दा बढीको बिजुली निर्यात गर्ने लक्ष्य प्राधिकरणले राखेको छ।

यता बंगलादेशमा पनि दैनिक ४० मेगावाट बिजुली निर्यात हुनेगरी बिहीबार सम्झौता भएको छ। तर उत्पादनमै आउन लागेको बिजुली भने प्रसारण लाइनमा जोड्न नसक्दा देशभित्र बिजुली खेर जाने निश्चित भएको छ। 

मध्यभोटेकोशीको १०२ मेगावाट, रसुवागढीको १११ मेगावाट र सान्जेन माथिल्लोको १४.८ मेगावाट बिजुली बल्न लगभग तयारी अवस्थामा पुगेको छ। चिलिमे जलविद्युत कम्पनी र प्राधिकरण लगानीकर्ता रहेको आयोजनको ढिलाइले सर्वसाधारणको लगानीमा समेत असर पर्ने देखिएको छ। अहिले पनि प्रसारण लाइन र सबस्टेसन निर्माणको काम राम्ररी अघि बढ्न सकेको छैन। 


प्रकाशित : शुक्रबार, फागुन ११ २०८००६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend